Wednesday, October 26, 2016

सत्तारुढ गठवन्धन प्रति मधेशी मोर्चा सशंकित ।

माओवादी र काग्रेसको नयां सत्ता गठवन्धनले आन्दोलनरत मधेशी मोर्चा संग गरेको वाचा अनुसार संविद्यान संशोधन हुन नसकिरहेको प्रति सशंकित हुन थालेका छन । प्रधानमन्त्री र सत्तारुढ गठवन्धनका कतिपय नेताहरुले सरकार संशोधनको तयारीमा अघि वढीरहेको बताइरहदा मोर्चाका नेताहरु भन्ने आफुहरु यस वारेमा पुरै वेखवर रहेको बताउछन । अघिल्लो हप्ता प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्दै सरकार सशोधनको अन्तिम तयारीमा लागीपरेको बताएका थिए । तर मधेशी मोर्चाका नेताहरुले प्रचण्डको भनाईमा कुनै सत्यतता नभएको जिकिर गर्छन । प्रचण्डले संशोधनका लागी सवै पक्षहरु संग अनौपचारिक तहमा संवाद समेत भईरहेको दावी गरेका थिए । तर मोर्चा सम्बद्ध स्रोतका अनुसार दशै पछि प्रचण्ड र मधेशी नेताहरुविच कुनै अनौपचारिक छलफल भएको छैन ।

सम्बद्ध स्रोतका अनुसार प्रचण्ड गोवा जानु अघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेका थिए भने त्याहा वाट फर्के पछि संशोधनको सन्दर्भमा सदभावना नेता लक्ष्मणलाल कर्ण संग समान्य कुराकानी गरेका थिए । यो विचमा प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग एक पटक टोलिफोन संवाद गरे पनि संशोधनको सन्दर्भमा अन्य खासै कुराकानी नभएको मोर्चाको दावी छ ।

मोर्चाका नेताहरु भने प्रचण्ड नेतृत्वको वर्तमान सरकार पनि संशोधनको सन्दर्भमा पहिलाकै जस्तो संकिर्ण देखिन थालिएको बताएका छन । तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, प्रचण्ड पनि दाहोरो चरित्र प्रर्दशन गर्न थालेको निष्कर्ष हामीले निकालीसकेका छौ  । यस्तो अवस्थामा मधेशी मोर्चा पुन आन्द्योलनमा जानुको विकल्प नरहेको त्रिपाठीको भनाई छ ।
 
सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार सत्तारुढ गठवन्धन संशोधन प्रस्ताव भन्दा पनि अन्य कामहरुलाइ वढी प्राथमिकतामा राखेको भान मोर्चालाई हुन थालेको छ । कर्णका अनुसार सरकारले पटक पटक दिईरहे्को समयसिमालाई पन्छाउदै जादा मोर्चा पुन आन्द्योलनमा जान वाध्य हुनेछ । पछिल्लो समयमा संदनमा अख्तीयार प्रमुख लोकमान सिह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि वढे पछि संशोधनको मुद्धा थप आझेलमा परेको मोर्चाको आकंलन छ ।

No comments:

Post a Comment