
फोरम नेपालका सासद लालबाबु राउतका अनुसार मंगलवार देखि संसदमा कार्कीको महाअभियोगको वारेमा हुने छलफलमा उनीहरु भाग लिने छैनन । राउत भन्छन, यसमा हामीले भाग लिनुको कुनै तुक नै छैन । राउत पनि तमलोपा नेता गुप्ता जूस्तै आफुहरु सांसदको महाअभियोग समितीले लिने निर्णय पश्चात मात्रै यस वारेमा धारण बनाउने सोचमा रहेको बताए ।
सदभावना पार्टीका सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्ण पनि अहिले नै आफुहरु पोजिसन प्रष्ट पार्ने अवस्थामा नपुगेको बताए । कर्णका अनुसार यस वारेमा सवै मधेशी पार्टीहरु एक आपसमा केहि दिन भित्रै छलफल गरेर संयुक्त रुपमा एक साथ अघि वढने छन ।
मधेशी पार्टीहरुका कतिपय नेताहरुले सांसदमा प्रमुख दलहरुले महाअभियोग समिती बनाउदा आफुहरु संग कुनै सल्लाह नगरेको भन्दै महाअभियोगको प्रक्रिया प्रति असन्तुष्टि व्यक्त गर्दे आइरहेका छन । यद्यपी कतिपय शिर्ष मधेशी नेताहरु मोर्चा संग सरकारले गरेको सविद्यान संशोधनको प्रक्रिया धमिल्याउने गरी कार्की प्रकरण अगाडी ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्ड प्रति सार्वजनिक रुपमा रोष प्रगट गर्दै आएका छन ।
No comments:
Post a Comment