Friday, October 21, 2016

भारतीय 'एडभान्स टिम' जनकपुरमा ।

भारतीय राष्टपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको क्रममा जनकपुर जाने कार्यकमको वारेमा जानकारी लिन भारतीय एडभान्स टिम शुक्रवार जनकपुर पुगेको छ । आउदो १७ कार्तिक देखि हुने भारतीय राष्टपति मुखर्जीको नेपाल भ्रमणको लागी जानकारी संकलन गर्न विहिवार काठमाडौ आइपुगेको एडभान्स टिम शुक्रवार जनकपुर पुगेको छ । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरु समेत सहभागी उक्त टोलीले मुखर्जीको भ्रमणको वारेमा सवै सुचना संकलन गरेर भारतीय राष्टतिलाई रिर्पोट बुझाए पछि उनको भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक हुनेछ । १७ देखि १९ कार्तिक सम्मको दुई दिने नेपाल भ्रमण आउन लागेका भारतीय राष्टपति काठमाडौ वाहिर जनकपुर र लुम्बिन जाने समेत कायृक्रम रहेको छ । भारतीय राष्टपति मुखर्जी १९ कार्तिक अर्थात ४ नोभेम्बरमा जनकपुर जाने कार्यक्रम तय भएको सम्वद्ध स्रोतको दावी छ ।

प्रधानमन्त्री प्रचण्डको असोजको सुरुमा दिल्लीमा भ्रमणमा जादा भारतीय राष्टपतिको नेपाल भ्रमणको मिती सार्वजनिक भएको थियो । त्यस लगत्तै भारतीय राष्टपतिको नेपाल भ्रमणको तयारी दुवै तर्फवाट थालिएको थियो । काठमाडौ वाहिर जनकपुर र लुम्बिनी समेत भारतीय राष्टपति जाने भए पछि त्यसको चौतर्फी अध्यनहरु गोप्य रुपमा अधिकारीहरुले थालेका थिए । दशै परे लगत्तै भारतीय सुरक्षा अधिकारीहरुको टोली जनकपुर पुगेका त्यसको चातर्फी अध्यन गरेर फर्केका थिए । त्यसगरी दशैको मध्यमा विरगंज सिथत भारतीय महावाणिज्यदुतावासका प्रमुख अन्जु रन्जन समेत जनकपुर पुगेर जानकी मन्दिरका महन्थ सहितका अधिकारीहरु संग छलफल गरेका थिए । भारतीय राष्टपति जनकपुरको जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम छ ।

विहिवार दिल्ली वाट आएको एडभान्स टिमको रिर्पोट पश्चात मात्रै भारतीय राष्टपतिको भ्रमण कार्यतालिका सार्वजनिक हुने छ । त्यसै अनुसार जनकपुर पुगेका उक्त टिमले जनकपुर प्रशासन सहित विभिन्न सरोकार वाला पक्षहरु संग विभिन्न तहका छलफलहरु गरेका छन । दिल्ली वाट आएको विशेष एडभान्स टिमलाई लिएर काठमाडौ स्थित भारतीय दुतावासका डिसिएम विनय कुमार जनकपुर पुगेका थिए ।

No comments:

Post a Comment