Monday, October 3, 2016

राजेन्द्र महतोको विश्लेषण - यसपाली ओभरटेक गरेर एकिकरण गरिन्छ ।

जतीजती वेला मधेशी पार्टीहरु विचको एकिकरणको चर्चा हुन्छ । त्यती त्यती वेला आममधेशी नागरिकमा सकारात्मक संचार प्रवाह भएको देखिन्छ । मधेशका वैद्धिक क्षेत्र देखि विभिन्न क्षेत्रमा सक्रिय मधेशी सोध्न थाल्छन, के साच्चिकै हामा्र मधेशी नेताहरु एक हुने भए त ? यसले मधेशी पार्टीहरुको एकिकरण होस भन्ने भावना मधेशमा कत्ति वलियो छ भन्ने देखाउछन । दोस्रो संविद्यानसभाताका मधेशी नेताहरु गाउ गाउ जादा आम मधेशीले यही प्रश्न गर्ने गर्थे, मधेशका लागी तपाईहरु लडने किन एक भएर आउनु हुन्न । मधेशी पार्टीहरुको एकिकरणको सवाल पनि अव नोलौ विषय होइन । यस अघि पनि पटक पटक यो प्रयास अससफल भईसकेकाले होला अव एकिकरणको चर्चा वा कुनै प्रयास हुदा आम मधेशीहरु भन्ने गर्छन, साच्चिकै हाम्रा मधेशी पार्टीहरु एक हुन्छ त ? पछिल्लो समयमा पुन मधेशका दुई प्रमुख मधेशी पार्टीहरु विच एकिकरणको चर्चा सुरु भएको छ । पहिला पहिला यसका वारेमा धेरै वैठकहरु गरेर चर्चामा आउने चाहने नेताहरु यस पाली यो प्रक्रियालाइ अली गोप्य राख्न चाहेको देखिन्छ । पछिल्लो केहि महिना यता महन्थ ठाकुर नेतृत्वको तमलोपा र राजेन्द्र महतो नेतृत्वको सदभावना विच एकिकरणको गृहकार्य अत्ति गोप्य तरिकाले भईरहेको आभास देखिन्छ । यसै सन्दर्भमा दलानसंगको एउटा चिया गफमा आइतवार सदभावना अध्यक्ष राजेन्द्र महतो यसको विभिन्न पाटाहरुवारे विश्लेषण गर्न तयार भए । सुरुमा अत्यन्तै कुरा चपाउदै कुराकनी अघि वढाएका महतोले एकिकरणको वारेमा यस अघि भएको विभिन्न प्रयासहरुको वारेमा कुरा को्टयाउदै भने, सवै लाई थाहा भएकै कुरा हो हामीहरु विचमै केहि यस्ता स्वकेन्द्रित नेताहरु भए जसका कारण अहिले पनि एकिकरणमा बाधा पुग्दै छ । तर उनले विश्लेषणको विट मारिरहदा वडो आत्मविश्वासका भन्दै थिए, तर यस पाली एकिकरण हुन्छ, हुन्छ.... । कसरी प्रतिप्रश्न गर्दा महतो अली रमाइलो पारामा भने, यस पाली अन्तमा ओभरटेक गरेर एकिकरण हुन्छ ।

महतोले नत एकिकरणमा कस्तो र को स्वकेन्द्रित नेताहरु एकिकरणका लागी अप्ठायारा छन भने खुलाए नत उनले भनेर ओभरटेकको विस्तृत विवरण दिन चाहे । उनको पटक पटक दोह्याउदै भने, अनेकन प्रतिकुलताका वावजुद यसपाली एकिकरण हुन्छ । यस अघि पनि एकिकरणका लागी तमलोपा र सदभावना सहित अन्य मधेशी पार्टीहरु विच एकिकरणको प्रयासहरु अघि वढीरहदा धेरै नेताहरुले वडो साकारात्मक कुरा गरे पनि परिणाम कहिल्यै पनि साकारात्मक देखिएनन । महतोको विश्लेषणमा मधेश राजनिती भित्र सक्रिय क्ेही कहलीएका अनुहारहरु नै यसको प्रमुख जिम्मेवार छन । महतोले सदभावना देखि फोरम नेपाल हुदै तमलोपा सम्मका केहि नेताहरु राजनितीक चरित्रको व्याख्या सुनाउदै भने, यस्तो अवस्थामा कसरी सम्भव हुने हो एकिकरण ।

हालै पुन एकिकरणको चर्चा चलीरहदा मधेशी पार्टीहरु भित्रै वाट त्यसलाई भाडने कामहरु सुरु आकंलन महतोको छ । उनी भन्छन, यस्तो अवस्थामा पनि हामी केहि शिर्ष नेताहरु सचेत छौ । तिमीहरु ढुक्क होउ, यस पाली अन्तोगत्वा हुन्छ ।

No comments:

Post a Comment