Friday, October 28, 2016

तमलोपाले क्षेत्रिय स्तरमा राजनितीक प्रशिक्षण गर्दै ।

तराई मधेश लोकतान्त्रिक पार्टीले मधेशमा आउदो १ मंसीर देखि क्षेत्रिय स्तरमा प्रशिक्षण कार्यक्रमहरु गर्दै छन । सत्तारुढ पक्षले ३ बुदे सहमती अनुसार मधेशको मुद्धा सम्बोधन हुने गरी संविद्यान संशोधन नगरीरहेको भन्दै तमलोपाले स्थानिय तहमा आफना नेताहरुलाई त्यसको वारेमा जानकारी दिने र अगामी दिनमा पुन आन्दोलनका लागी कसरी उत्रने भन्ने विषयमा प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ । तमलोपाका महामन्त्री वृजेश गुप्ताका अनुसार तमलोपाका केन्द्रिय नेताहरु दिने यस्तो प्रशिक्षण कार्यक्रम पहिलो चरणमा मधेश आन्द्योलनमा वढी प्रभावित जिल्लाहरु सप्तरी देखि बाके सम्म हुन लागेको छ ।

नयां सविद्यान प्रति असन्तुष्टि राख्दै आन्द्योलन गर्दै आइरहेका तमलोपा सहितका मधेशी पार्टीहरु संविद्यान संशोधनका एजेन्डाका प्रमुखताका साथ अघि सार्दै आइरहेका छन । पछिल्लो समयमा नयां सत्ता गठवन्धनको तर्फको प्रचण्ड प्रधानमन्त्री बन्दा मधेशी मोर्चा संग संविद्यान संशोधन गर्ने गरीको ३ बुदे सहमती गरेको थियो ।

तर प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना बित्न लाग्दा पनि सरकार संशोधन विद्येयक नल्याएको भन्दै तमलोपा सहितका मधेशी पार्टीहरु असन्तुष्टि व्यक्त गर्न थालेका छन ।
 
तमलोपाले अघिल्लो हप्ता मात्रै केन्द्रिय बैठक गरेर गाउ गाउ सम्म पार्टीले राजनितीक अभियान चलाउने निर्णय गरेको थियो ।  महामन्त्री गुप्ताका अनुसार आउदो १ मंसीर देखि तमलोपाले क्षेत्रिय तहमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा मुख्य गरी  वर्तमान राजनितीक अवस्था अन्र्तगत ३ बुदे सहमतीको कार्यन्वयन अवस्था र भावी दिनमा पुन आन्दोलनमा जादा कसरी अगाडी वढने वारेमा प्रशिक्षण दिने र स्थानिय राय संकलन गरिने छ ।
 
सत्तारुढ गठवन्धनले संशोधनको तयारीमा सरकारी पक्ष अन्तिम तयारीमा लागीरहेको बताइरदा मधेशी पार्टीहरु छठ पछि आन्दोलनमा जाने चेतावनी दिन थालेका छन ।

No comments:

Post a Comment