Friday, October 28, 2016

तमलोपाले क्षेत्रिय स्तरमा राजनितीक प्रशिक्षण गर्दै ।

तराई मधेश लोकतान्त्रिक पार्टीले मधेशमा आउदो १ मंसीर देखि क्षेत्रिय स्तरमा प्रशिक्षण कार्यक्रमहरु गर्दै छन । सत्तारुढ पक्षले ३ बुदे सहमती अनुसार मधेशको मुद्धा सम्बोधन हुने गरी संविद्यान संशोधन नगरीरहेको भन्दै तमलोपाले स्थानिय तहमा आफना नेताहरुलाई त्यसको वारेमा जानकारी दिने र अगामी दिनमा पुन आन्दोलनका लागी कसरी उत्रने भन्ने विषयमा प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ । तमलोपाका महामन्त्री वृजेश गुप्ताका अनुसार तमलोपाका केन्द्रिय नेताहरु दिने यस्तो प्रशिक्षण कार्यक्रम पहिलो चरणमा मधेश आन्द्योलनमा वढी प्रभावित जिल्लाहरु सप्तरी देखि बाके सम्म हुन लागेको छ ।

Thursday, October 27, 2016

लोकमान वारेमा सघिय गठवन्धनद्धारा तत्काल कुनै निर्णय नलिइने ।

स्थानिय निकाय पुर्नसंरचना आयोगको रिर्पोट नमान्ने, ३ बुदे सहमती प्रति सरकार उदासिन रहेको ठहर । 

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले अख्तीयार आयोग प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग वारेमा तत्काल कुनै निर्णय नलिने निष्कर्ष निकालेको छ । विहिवार बसेको संघिय गठवन्धनको बैठकले कार्की विरुद्धको महाअभियोग दर्ता हुदा प्रमुख दलहरुले मधेशी पार्टीहरु संग कुनै छलफल नगरेकाले तत्कालै कुनै निर्णयमा नपुग्ने निष्कर्ष निकालेको बैठकमा सहभागी रामसपाका नेता केशव झाले बताए । गठवन्धनले महाअभियोग समितीले लिने निर्णय पश्चत आफनो पोजिसन स्पष्ट पार्ने समेत बैठकले निचोड निकालेको झाले बताए ।

Wednesday, October 26, 2016

सत्तारुढ गठवन्धन प्रति मधेशी मोर्चा सशंकित ।

माओवादी र काग्रेसको नयां सत्ता गठवन्धनले आन्दोलनरत मधेशी मोर्चा संग गरेको वाचा अनुसार संविद्यान संशोधन हुन नसकिरहेको प्रति सशंकित हुन थालेका छन । प्रधानमन्त्री र सत्तारुढ गठवन्धनका कतिपय नेताहरुले सरकार संशोधनको तयारीमा अघि वढीरहेको बताइरहदा मोर्चाका नेताहरु भन्ने आफुहरु यस वारेमा पुरै वेखवर रहेको बताउछन । अघिल्लो हप्ता प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्दै सरकार सशोधनको अन्तिम तयारीमा लागीपरेको बताएका थिए । तर मधेशी मोर्चाका नेताहरुले प्रचण्डको भनाईमा कुनै सत्यतता नभएको जिकिर गर्छन । प्रचण्डले संशोधनका लागी सवै पक्षहरु संग अनौपचारिक तहमा संवाद समेत भईरहेको दावी गरेका थिए । तर मोर्चा सम्बद्ध स्रोतका अनुसार दशै पछि प्रचण्ड र मधेशी नेताहरुविच कुनै अनौपचारिक छलफल भएको छैन ।

Monday, October 24, 2016

तराई मधेशमा 'इसाइकरण'को अभियान फैलिदै

जनकपुर - २७ असोज २०७३ का दिन महोत्तरीको राम गोपालपुरमा इसाई धर्म मान्ने राम एकवाल रायको अगुवाईमा निशुल्क स्वास्थ्य शिविर आयोजन गरिएको थियो । उक्त शिविरमा करिब १ सय भन्दा वढी व्यक्तिहरुको स्वास्थ्य परीक्षण सँगसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । त्यसैगरी २६ असोज २०७३ मा महोत्तरीकै रतौलीमा इसाई धर्मावलम्बी राजेश्वर साफीको अगुवाईमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिब ५० जनाको उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।    त्यसरी शिविर आयोजना गर्नुको भित्री उद्देश्य भने सेवाभाव नभएर हिन्दु धर्मावलम्बीहरुलाई इसाईकरण गर्नु रहेको थियो ।

Sunday, October 23, 2016

लोकमान प्रकरणमा मधेशी सासंदहरु अहिले मौन बस्ने ।

संसदमा अख्तीयार आयोग प्रमुख लोकमान सिंह कार्की विरुद्ध दायर भएको महाअभियोग सन्दर्भमा मधेशी पार्टीहरुका संसद अहिले मौन रहने रणनिती लिन लागेको नेताहरुले बताएको छ ।  आउदो मंगलवार देखि संसदमा कार्की विरुद्धको महाभियोग वारेमा छलफल सुरु हुदै छ । मधेशी पार्टीहरुका सासंदहरुले आफुहरु संग कुनै सल्लाह नै नगरीकन यो प्रक्रिया अघि वढेकाले आफुहरु यसमा मौन बस्न लागेको बताएका छन । तमलोपाका महामन्त्री तथा सांसद वृजेश गुप्ता भन्छन, अहिले नै हामी यस वारेमा कुनै पोजिसन लिने छैन । पहिला संसदको महाअभियोग समितीले कार्कीको वारेमा के निर्णय लिन्छ, त्यस पछि मात्रै हामी आफनो पोजिसन प्रष्ट गर्ने छौ, गुप्ता भन्छन ।

Friday, October 21, 2016

भारतीय 'एडभान्स टिम' जनकपुरमा ।

भारतीय राष्टपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको क्रममा जनकपुर जाने कार्यकमको वारेमा जानकारी लिन भारतीय एडभान्स टिम शुक्रवार जनकपुर पुगेको छ । आउदो १७ कार्तिक देखि हुने भारतीय राष्टपति मुखर्जीको नेपाल भ्रमणको लागी जानकारी संकलन गर्न विहिवार काठमाडौ आइपुगेको एडभान्स टिम शुक्रवार जनकपुर पुगेको छ । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका अधिकारीहरु समेत सहभागी उक्त टोलीले मुखर्जीको भ्रमणको वारेमा सवै सुचना संकलन गरेर भारतीय राष्टतिलाई रिर्पोट बुझाए पछि उनको भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक हुनेछ । १७ देखि १९ कार्तिक सम्मको दुई दिने नेपाल भ्रमण आउन लागेका भारतीय राष्टपति काठमाडौ वाहिर जनकपुर र लुम्बिन जाने समेत कायृक्रम रहेको छ । भारतीय राष्टपति मुखर्जी १९ कार्तिक अर्थात ४ नोभेम्बरमा जनकपुर जाने कार्यक्रम तय भएको सम्वद्ध स्रोतको दावी छ ।

Wednesday, October 5, 2016

वडादशैको हार्दिक मंगलमय शुभकामना ।

नेपालीहरुको आगंनमा महान चाड वडादशै आइपुगेको छ । यस अवसरमा याहाहरुलाई हार्दिक मंगलमय शुभकमना । दलान नेपाल परिवार....  

Monday, October 3, 2016

राजेन्द्र महतोको विश्लेषण - यसपाली ओभरटेक गरेर एकिकरण गरिन्छ ।

जतीजती वेला मधेशी पार्टीहरु विचको एकिकरणको चर्चा हुन्छ । त्यती त्यती वेला आममधेशी नागरिकमा सकारात्मक संचार प्रवाह भएको देखिन्छ । मधेशका वैद्धिक क्षेत्र देखि विभिन्न क्षेत्रमा सक्रिय मधेशी सोध्न थाल्छन, के साच्चिकै हामा्र मधेशी नेताहरु एक हुने भए त ? यसले मधेशी पार्टीहरुको एकिकरण होस भन्ने भावना मधेशमा कत्ति वलियो छ भन्ने देखाउछन । दोस्रो संविद्यानसभाताका मधेशी नेताहरु गाउ गाउ जादा आम मधेशीले यही प्रश्न गर्ने गर्थे, मधेशका लागी तपाईहरु लडने किन एक भएर आउनु हुन्न । मधेशी पार्टीहरुको एकिकरणको सवाल पनि अव नोलौ विषय होइन । यस अघि पनि पटक पटक यो प्रयास अससफल भईसकेकाले होला अव एकिकरणको चर्चा वा कुनै प्रयास हुदा आम मधेशीहरु भन्ने गर्छन, साच्चिकै हाम्रा मधेशी पार्टीहरु एक हुन्छ त ? पछिल्लो समयमा पुन मधेशका दुई प्रमुख मधेशी पार्टीहरु विच एकिकरणको चर्चा सुरु भएको छ । पहिला पहिला यसका वारेमा धेरै वैठकहरु गरेर चर्चामा आउने चाहने नेताहरु यस पाली यो प्रक्रियालाइ अली गोप्य राख्न चाहेको देखिन्छ । पछिल्लो केहि महिना यता महन्थ ठाकुर नेतृत्वको तमलोपा र राजेन्द्र महतो नेतृत्वको सदभावना विच एकिकरणको गृहकार्य अत्ति गोप्य तरिकाले भईरहेको आभास देखिन्छ । यसै सन्दर्भमा दलानसंगको एउटा चिया गफमा आइतवार सदभावना अध्यक्ष राजेन्द्र महतो यसको विभिन्न पाटाहरुवारे विश्लेषण गर्न तयार भए । सुरुमा अत्यन्तै कुरा चपाउदै कुराकनी अघि वढाएका महतोले एकिकरणको वारेमा यस अघि भएको विभिन्न प्रयासहरुको वारेमा कुरा को्टयाउदै भने, सवै लाई थाहा भएकै कुरा हो हामीहरु विचमै केहि यस्ता स्वकेन्द्रित नेताहरु भए जसका कारण अहिले पनि एकिकरणमा बाधा पुग्दै छ । तर उनले विश्लेषणको विट मारिरहदा वडो आत्मविश्वासका भन्दै थिए, तर यस पाली एकिकरण हुन्छ, हुन्छ.... । कसरी प्रतिप्रश्न गर्दा महतो अली रमाइलो पारामा भने, यस पाली अन्तमा ओभरटेक गरेर एकिकरण हुन्छ ।