Friday, September 30, 2016

तमलोपा र सदभावना एकिकरणको आन्तरिक गृहकार्य सुरु ।

लक्ष्मणलाल कर्ण र वृषेशचन्द्र लाललाई एकिकरणको खाका बनाउने जिम्मा । 


लक्ष्मणलाल कर्ण
गएको असार पहिलो हप्ता तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको पुर्वसन्धयामा पुन चर्चामा आएको तमलोपा र राजेन्द्र महतो नेतृत्वको सदभावना विचको एकिकरणका लागी आन्तरिक गृहकार्य सुरु भएको छ । हाललाई अति गोप्य तरिकाले यी दुई ओटा पार्टीहरु विच एकिकरणको आन्तरिक कसरत उच्च तहमा चलीरहेको सम्बद्ध स्रोतको दावी छ । तमलोपाको महाधिवेशनको पुर्वसन्धयामा भएको सदभावनाको विशेष पदाधिकारी बैठकमा उक्त पार्टी अध्यक्ष राजेन्द्र महतो स्यंवम आफैले तमलोपा संग एकिकरण गर्ने वारेमा छलफल भईरहेको खुलाएको थियो । त्यसको भोली पल्ट तमलोपाको नवलपरासीमा सुरु भएको महाधिवेशनको उद्धघाटन समारोहमा समेत महतोले तमलोपासंगको एकिकरणको वारेमा बोलेका थिए । तमलोपा पहिलो महाधिवेशनले पारित गरेको राजनितीक दस्तावेजमा पनि मधेश केन्द्रित पार्टीहरु संगको एकिकरणलाई विशेष महत्वका साथ उल्लेख गरिएको थियो । तमलोपा र सदभावना पार्टी सम्बद्ध स्रोतका अनुसार त्यसको केहि समय पछि नै तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महताले आन्तरिक छलफल गरेर नेताहरु लक्ष्मणलाल कर्ण र वृषेशचन्द्र लाललाई एकिकरणको सवै पक्षहरुको विस्तृत खाका बनाउने जिम्मा तोकेका छन । दुवै पक्षले एकिकरणको सन्दर्भमा हुने तयारीलाई अति गोप्य राख्ने सहमत भएकाले यसवारेमा अधिकारिक रुपमा कसैले केहि बोलेका छैन ।

तमलोपा र सदभावना अध्यक्षले जिम्मेवारी दिए पछि यी दुई नेताहरुले एकिकरणको लागी आन्तरिक  गृहकार्यहरु गरीरहेको बुझिइएको छ । यद्यपी अहिले सम्म के कति कामहरु भएको त्यो खुलाइएको छैन । जिम्मेवारी पाएका कर्ण र लालले पार्टीका नेतृत्वहरु संग सल्लाह गर्दै एकिकरणको वारेमा विभिन्न कामहरु गर्दै आएका छन । यी दुई पार्टी विच कहिले एकिकरण हुन गईरहेको छैन त्यो हाल सम्म नखुले पनि सम्बद्ध स्रोतका अनुसार अव यी पार्टी विचको एकिकरण लगभग निश्चित देखिएको छ ।

वृषेशचन्द्र लाल

खासगरी आन्दोलनरत मधेशी मोर्चा संगै गएको बैशाखमा संघिय गठवन्धनको निर्माण भए पछि आन्दोलनरत मधेशी पार्टीहरुमा ध्रवीकरण सुरु भएको थियो । ठुलो पार्टीको हवाला दिदै संघिय गठवन्धनको अध्यक्षमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चुनिए पछि तमलोपा, सदभावना लगायतका पार्टीहरु असन्तुष्ट बन्न पुगेका थिए । त्यस पछिको प्राय जसो गठवन्धनको वैठकलाई वहिष्कार गर्दै आएका ठाकुर र महतो विच कुराकानी बाक्लिदै एकिकरण सम्मको कुरा अगाडी आएको भित्रियाहरु दावी गर्छन ।
 
पहिलो संविद्यानसभाको विघटन पश्चात तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेशी पार्टीहरु विचको एकिकरण गर्ने अभियान थाले पनि त्यती वेला सफल हुन सकेको थिएन । तर दोस्रो संविद्यानसभामा मधेशी पार्टीहरु पराजय व्योहारे पछि यी पार्टीहरु एकिकरणका लागी झण्डै ५ महिना भन्दा वढी पुन धनिभुत छलफलहरु र वैठकहरु गरेका थिए । तर नेतृत्व टकरावका कारण त्यो पनि सफल हुन सकेका थिएन ।

No comments:

Post a Comment