Thursday, September 29, 2016

हिन्दी अभियानी मधेशी नेता रमण पाण्डे सम्मानित

विगत २६ बर्ष देखि प्रतिकात्मक रुपमा नेपाली भाषालाई वहिष्कार गर्दै हिन्दीमा मधेश केन्द्रित अभियान चलाउदै आएका मधेशी नेता रमण पाण्डे वुधवार सम्मानित भएको छ । वुधवार विरगंजमा एक हप्ते हिन्दी समागन कार्यक्रममको अन्तयमा पाण्डेलाई विरगंज स्थित भारतीय महावाणिज्यदुतावका प्रमुख अन्जु रन्जन र कार्यक्रममा सहभागी हुन विरगंज आइपुगेका वरिष्ठ भारतीय साहित्यकार आलोक धन्नवाले पाण्डेलाई सम्मानीत गरेका थिए । सम्मानित पाण्डे सदभावना पार्टीसंग सुरु देखि नै आवद्ध भएर मधेश राजनिती गर्दै आइरहेका छन । मधेशीहरु संग भाषीक, सांस्कृतिक रुपमा विभेद भएको स्वरुप पाण्डे नेपाली भाषालाई विगत २६ बर्ष देखि वहिष्कार गर्दै आइरहेका छन । पाण्डे महोत्तरीका हुन ।

हिन्दी समागम को एक हप्ते कार्यक्रम अन्र्तगत विरगंजमा नेपाल र भारतका विभिन्न साहित्यकारहरुको उपस्थितीमा विभिन्न कार्यक्रमहरु भएको थियो ।

No comments:

Post a Comment