Monday, September 26, 2016

स्थानिय निकायको वारेमा प्रमुख दलहरुले गरेको सहमती मधेशी मोर्चाले नमान्ने ।

संविद्यान संशोधनको लागी प्रचण्डलाई ध्यानाकर्षण गराउने । 

आन्दोलनरत मधेशी मोर्चाले प्रमुख तीन दलहरु विच हिजो स्थानिय निकायको वारेमा भएको सहमती नमान्ने जनाएको छ । सोमवार तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले प्रमुख तीन दलहरुले इलाकालाई आधार बनाएर स्थानिय निकाय पुनंसंरचना गर्ने गरी गरेको सहमती आफुहरु नमान्ने भन्दै संविद्यान संशोधनका लागी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । मोर्चाका एक घटक सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री निर्वाचनताका सतारुढ गठवन्धन संग भएको सहमती अनुसार सरकार संशोधनको प्रक्रिया अगाडी नवढाएको भन्दै मोर्चाका शिर्ष नेताहरु प्रधानमन्त्रीलाई त्यस सम्बन्धीमा ध्यानाकर्षण गराउने छ । कर्णका अनुसार संविद्यान संशोधन विना प्रमुख दलहरुले स्थानिय निकायको वारेमा गरेको निर्णयलाई मोर्चाले नमान्ने निर्णय  गरेको छ । कर्णले भने, प्रमुख कुरा संविद्यान संशोधन गरेर संघियतालाई व्यवस्थीत गर्ने कुरा छ । स्थानिय निकायको पुर्नसंरचनाको नाममा नागरिकको सेवा सुविद्याहरुलाइ झनै टाढा गर्ने अधिकार कसै संगै छैन । मोर्चाको अवरोधका कारण तराई मधेशका जिल्लाहरुमा स्थानिय निकाय पुनंसंरचना समितीले यस अघि काम गर्न सकेको थिएन ।

सरकारका प्रमुख घटकका कयौन प्रमुख नेताहरुले चाडै संशोधनको विद्येयक संसदमा दर्ता हुन लागेको बताइरहदा मधेशी पार्टी मोर्चाको बैठकै गरेर सत्तारुढ पक्षहरु असन्तुष्टि व्यक्त गरेका छन । केहि संचारमाध्यमहरुमा संशोधनको वारेमा आइरहेको समाचारहरुलाई मोर्चाका नेताहरुले बैठकमा गलत भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले संशोधनको विद्येयक वारेमा दिल्ली भ्रमण पश्चात मोर्चाका शिर्ष नेताहरु संग कुनै छलफल नगरेको बैठकमा शिर्ष नेताहरुले बताएका थिए । फोरम नेपालका नेता लालबाबु राउतका अनुसार वाहिर आए जस्तो कुनै पनि कुरा शिर्ष तहमा नभएको र सतारुढ गठवन्धनको भाषणमा कुनै सत्यता नरहेको बैठकमा मोर्चाका शिर्ष नेताहरुले बताएका थिए ।

तमलोपाका महामन्त्री जंगीलाल राय भन्छन, आन्दोलनरत पक्षहरु संग कुनै ठोस कुरा नै नगरेर वाहिर सरकार जसरी सवै कुरा मिली सक्यो भनिरहेको छ, त्यस प्रति हाम्रो ध्यानाकर्षण भएको छ । तमलोपा नेता रायका अनुसार मधेशी मोर्चा संशोधनमा सवै भन्द्या पेचिलो देखिएको मुद्धा सघियताको सिमाकंनमा राज्य पुनंसंरचना आयोगको १० प्रदेशको खाकालाई नै आफनो वटम लाईन बनाउने अडान कायम नै राख्ने निष्कर्ष आज पनि निकालेको छ ।
 
प्रधानमन्त्री प्रचण्डलाई मधेशी मोर्चाले संशोधनको साथै मुद्धा फिर्ता र सहिद घोषणमा बाकी रहेको १६ जनाको वारेमा समेत ध्यानकर्षण गराउने छन । प्रधानमन्त्रीलाई मोर्चाका शिर्ष नेताहरुले गराउने ध्यानाकर्षणको समय मिलाउने जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई बैठकले दिएको छ ।

No comments:

Post a Comment