Tuesday, September 20, 2016

मधेश आन्दोलनमा मारिएकाहरुको सम्झनामा श्रदान्जलीसभा

गत बर्ष ६ महिना भन्दा लामो समय सम्म चलेको मधेश आन्दोलनको क्रममा मारिएकाहरु प्रति आज मधेशी मोर्चा सहित संघिय गठवन्न्धनले श्रदान्जलीसभाको आयोजना गरेको छ । गठवन्धनले काठमाडौको कलंकीमा श्रदान्जली सभाको आयोजना गरेको थियो मधेशै भर मोर्चा सहित गठवन्धनले संयुक्त रुपमा श्रदान्जली सभाको आयोजना गरेको थियो ।

संविद्यान दिवसको विरुद्धमा कालो दिवस घोषणा गरेको आन्दोलनरत पक्षहरुले तीन दिने विरोध कार्यक्रम स्वरुप आज श्रदान्जलीसभाको आयोजना विभिन्न ठाउहरुमा गरेको थियो । मोर्चाले स्थानिय स्तरमै आन्दोलनरत पार्टीहरु यस्ता सभाहरु आयोजना गर्न निर्देशन दिएको थियो ।

No comments:

Post a Comment