
कालो दिवसको अवसरमा मधेशी मोर्चाले तीन दिने विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । जस अनुसार हिजो तराई मधेशका विभिन्न जिल्लाहरुमा आन्दोलनको वारेमा सार्वजनिक अन्तक्रिया कार्यक्रम गरिएको थियो भने आज ३ असोजलाई कालो दिन भन्दै तराई मधेशका पुर्व देखि पश्चिम सम्मका ठाउहरुमा विरोध जुलुसहरु निकालिएको थियो । त्यस संगै आज साझ नै आधा घण्टा ब्लयाक आउट समेत गरिएको छ ।
मधेशी मोर्चाले आजको दिनलाई कालो दिवसको घोषणा गरे संगै आन्दोलनरत पश्चिमका थारु समुदायहरुले समेत आज कालो दिन मनाउने निर्णय गरेको थियो । थारु संग सम्बद्ध विभिन्न संघ संस्थाहरुले आज पश्चिमका धनगढी सहितका विभिन्न ठाउहरुमा संविद्यानको विरुद्ध प्रर्दशन गरेर साझ ब्लायक आउट गरेका थिए ।
मधेशी मोर्चा र संघिय गठवन्धनले तराई मधेश सहित काठमाडौमा समेत आजको कालो दिवस स्वरुप विरोध प्रर्दशन गरेका थिए । काठमाडौको शान्तिवाटीका र माइतीघर मण्डलामा जम्मा भएर आन्दोलनरत पार्टीहरु विरोध प्रर्दशन गरेका थिए । आन्द्योलनरत मधेशी पार्टीहरु संघियता सहित नयां संविद्यानको कयौन प्रावद्यानहरु प्रति असन्तुष्टि जनाउदै संविद्यान संशोधनको कुरा गर्दै आइरहेका छन ।
No comments:
Post a Comment