Sunday, September 18, 2016

मधेशी मोर्चाद्धारा गृहमन्त्रीलाई थप विवरणहरु हस्तानान्तर ।

१४ सहिद सहित थप ११ जनाको मुद्धा फिर्ताको लागी मोर्चाको सिफारिस ।

गृहमन्त्री विमलेन्द्र निधिले सरकार ३ सय ७४ जनाको मुद्धा फिर्ता दशै अगाडी नै गर्ने बताएको भोली पल्ट मधेशी मोर्चाले उनलाई यस अघि बुझाएको मुद्धा फिर्ताको नामावलीमा छुटेको भन्दै थप ११ जना माथी लगाइएको मुद्धा फिर्ता हुने पर्ने विवरण बुझाएको छ । यस अघि मधेशी मोर्चाले गृहमन्त्रालयमा ४ सय ९१ जनाको मुद्धा फिर्ता हुनु पर्ने विवरण बुझाएको थियो । गृहमन्त्रालयले आन्दोलनको क्रममा ३ सय ९४ जना माथी मुद्धा लगाइएको तथ्याकं संकलन गरेको छ । गृहमन्त्री निधिले हिजो शनिवार मात्रै सरकारले दशै अगाडी आन्दोलनको क्रममा लगाइएको मुद्धाहरु फिर्ता हुने वताएको थियो । निधिले आन्दोलनको क्रममा लागेको ३ सय ७४ ओटा मुद्धा फिर्ता लिने तयारी सरकारले गरेको बताएका थिए । यस अघि मोर्चाले बुझाएको सहिद घोषणाको नामावलीमा समेत सरकारले केहिलाइ छाडदै ५२ जनालाई सहिद घोषणा गरेको थियो । मोर्चाले आज त्यसमा समेत बाकी रहेको १६ जना मध्ये १४ जनाको विस्तृत विवरण गृहमन्त्रीलाई वुझाएको बताएको छ । यसको साथै मोर्चाले आन्दोलनको क्रममा धाइते भएकाहरुको खर्च भएको रकमको विल भर्फाइ समेत सरकारलाई दिएको छ ।

मोर्चाले वर्तमान सरकार गठन भएताका भएको ३ बुदे सहमती अनुसार सुरुमा बुझाएको सहिद घोषणाको नामावली र मुद्धा फिर्ताको सम्बन्धमा गृह प्रशासनले उच्च चासो दिएको थियो । यद्यपी शनिवार गृहमन्त्री निधिले टिकापुर सहित आन्द्योलनताका भएको सवै घटनामा लगाइएको मुद्धाहरु फिर्ता हुने वताएका थिए । गृहप्रशासनले त्यस संगै मोर्चाको विवरण माथी अन्य प्रश्नहरु तेर्साउन थाले पछि मोर्चाले त्यसलाई सल्टाउनका लागी तीन सदस्यीय कार्यदल बनाएको थियो । लालबाबु राउत, राम नरेश राय र मनिष सुमन सदस्य रहेको उक्त कार्यदल पछिल्लो समयमा गृहका अधिकारीहरु संग छलफल गरे पश्चात आज गृहमन्त्रीलाई गप विवरणहरु बुझाएका हुन । सुरु सहिद घोषणको लाग िबुझाएको नामावलीमा छुटेको १६ जना मध्ये दुई जना पहाड तिरका भएकाले आफुहरुको त्यसको विस्तृत विवरण संकलन गर्न नसकेको भन्दै वाकी १४ जनाको विस्तृत विवरण आज मोर्चाले बुझाएको छ । त्यसको साथै मुद्धा फिर्ताको सम्बन्धमा थप नामहरु फेला परे पछि मोर्चाले त्यसको विवरण समेत आज गृहमन्त्रीलाई बुझाएको छ ।

यसको साथै आन्दोलनमा धाइते भएकाहरुको उपचार खर्चको विवरण समेत मोर्चाले विस्तृत रुपमा संकलन गरेर आज निधिलाई दिएको जनाएको छ । मोर्चा कार्यदल सदस्य राम नरेश रायका आज मोर्चाले विभिन्न सरोकारवालाहरुको ४२ लाखको विलहरु गृहमन्त्रीलाई दिएको छ । यो रकम सरकारले सिधै सरोकारवालाहरु लाई दिने छन । मोर्चाका नेता रायका अनुसार गृहमन्त्री निधिले चाडै नै बस्ने मन्त्रीपरिषदको बैठकवाट आफुले यो कुराहरुको वारेमा ठोस निर्णय गराउने आश्वासन दिएको छ ।

No comments:

Post a Comment