
साउन १९ मा प्रधानमन्त्रीमा निर्वाचित हुदा प्रचण्ड नेतृत्व सतारुढ गठवन्धनले मधेशी मोर्चा संग ३ बुदे सहमती गर्दे आन्न्दोलनलाई सम्बोधन गर्न संविद्यान संशोधन गर्ने प्रतिवद्धता जनाएका थिए । आन्दोलनरत मोर्चाका नेताहरुका अनुसार सतारुढ माओवादी काग्रेसका शिर्ष नेताहरु मोर्चा संग मौखिक रुपमा डेढ महिना भित्र संविद्यान संशोधनको प्रक्रिया अघि वढाउने वाचा गरेका थिए । त्यस पश्चात सत्तारुढ गठवन्धनलाइृको नयां सरकारलाई समर्थन गर्ने निर्णय मोर्चाले गरेको थियो ।
३ बुदे सहमती अनुसार सहिद घोषणा, धाइतेको उपचार खर्च र मुद्धा फिर्ता समेत पुर्ण रुपमा अघि वढन नसकेको पछि मोर्चा भित्र असन्तुष्टी पछिल्लो समयमा चुलिएको देखिन्छन ।
यस अघि संविद्यान संशोधनका लागी प्रधानमन्त्री संग अनौपचारिक वार्तामा बसेका तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतो सहितका शिर्ष नेताहरु संविद्यान संशोधनको विषयमा असन्तुष्ट देखिए पछि मोर्चाको अवको कदम माथी सर्वत्र चासो समेत देखिन थालिएको छ ।
मोर्चा असन्तुष्ट देखिएकै वेला प्रधानमन्त्री प्रचण्डले आज मोर्चालाई औपचारिक रुपमा छलफलमा बोलाएका थिए भने मन्त्रीपरिषदवाट केहि समय अघि गठन गरिएको आयोगलाई पुर्णता दिएको छ । सरकारले मधेश आन्द्योलनको क्रममा वल भएको घटनाहरुको छानविन गर्न पुर्व न्याधिश गिरिशचन्द्र लालको नेतृत्वमा छानिविन आयोग गठन गरेको थियो । आयोग गठनको एक महिना हुन लाग्दा पनि पुर्णता दिन नसकेको भन्दै सतारुढ गठवन्धनको आलोचना आन्द्योलनरत पक्षहरुले पछिल्लो समयमा गर्न थालेका थिए । सरकारले् उक्त आयोगमा आज सुर्या कोइराला, नवराज ढकाल, सुखचन्द्र झा र सजन लोप्चनलाई नियुक्त गर्दै पुर्णता दिएको छ ।
No comments:
Post a Comment