Monday, September 12, 2016

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने वारे मोर्चा भित्र आन्तरिक छलफल ।

नयां सत्ता-गठवन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई दिएको समर्थन आन्दोलनरत पक्षहरुले फिर्ता लिने बताएको छ । तीन वुदे सहमती गरेर नया सत्ता गठवन्धनलाई दिएको समर्थन कसरी फिर्ता लिने वारेमा आन्दोलनरत मधेशी पार्टीहरुले आन्तरिक छलफल सुरु गरेको जनाएको छ । संविद्यान संशोधनका लागी सत्तारुढ दलहरुसंग भएको अनौपचारिक वार्ताहरु असफल देखिए पछि मधेशी पार्टीहरु प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिदै पुन आन्दोलनमै फर्कने बताएको छ । सत्ता गठवन्धनले सरकार निर्माणको वेलामा मधेशी पार्टीहरु संग सरकार गठन भएको डेढ महिना भित्र आन्दोलनरत पक्षहरुको माग बमोजिम संविद्यान संशोधन गर्ने मौखिक प्रतिवद्धता जनाएका थिए । सत्ता गठवन्धनहरु संविद्यान संशोधनको पक्षमा अगाडी नवढेको भन्दै मोर्चा आबद्ध मधेशी पार्टीहरुका शिर्ष नेताहरुले चाडै मोर्चाको बैठक गरेर यसवारेमा ठोस रुपमा छलफल सवै पक्ष संग गर्ने बताएको छ । एक शिर्ष मधेशी नेतृत्वको अनुसार दुई चार दिन भित्रै मोर्चाको बैठक बोलाउने गृहकार्य सोमवार देखि सुरु भएको छ । यसको साथै शिर्ष तहमा नेताहरु विच प्रचण्ड सरकारलाई दिएको समर्थन कसरी फिर्ता लिने वारेमा समेत छलफलहरु सुरु भएको छ ।

ती शिर्ष नेताका अनुसार प्रचण्ड दिल्ली भ्रमणवाट फिर्ता भए लगत्तै मोर्चाले अल्टमिेटन सहित तीन वुदे कार्यवन्यन वारेमा जानकारी गराउदै समर्थन फिर्ता लिने कि अरु कुनै विधि अपनाएर फिर्ता लिने वारेमा मोर्चा भित्र छलफलहरु चलेको छ । केहि शिर्ष नेताहरुका अनुसार प्रचण्ड दिल्ली मै रहेको वेला मोर्चाले समर्थन फिर्ता लिन सक्ने समेत आकंलनहरु चलीरहेको छ ।

मोर्चाका केहि भित्रियाहरुका अनुसार शिर्ष तहमा सुरु भएको छलफलहरुकै आधारमै दूई चार दिन भित्रै बस्ने मोर्चाको बैठकले यसवारेमा प्रारम्भिक ठोस धारणा ल्याउन सक्छ । त्यस पछि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदै पछिल्लो समयमा आन्दोलनलाई गौण बनाउदै लगेको मोर्चाले पुन आन्दोलन वारेमा आफना धारणा सार्वजनिक गर्ने छ ।


No comments:

Post a Comment