Saturday, September 10, 2016

तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी । दोषीलाई दण्डित गर्न तमलोपाको माग ।

मधेश आन्दोलनका एक जना अगुवा तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा शुक्रवार वेलुकि चोरी भएको छ । ठाकुर प्रधानमन्त्री निवासमा वैठकमा भएको बेला उनको निवासमा चोरी भएको थियो । उनको निवासमा उनको छोरी र काम गर्ने एक जना कामदार मात्रै घटनाको वखत थियो । तमलोपाका प्रवक्ता विमल श्रीवास्तवका अनुसार शुक्रवार साझ साढे सात वजेको आसपासमा एक जना नकाब लगाएको व्यक्तिले उनको घरमा झिरेर ठाकुर बोक्ने कालो सुटकेस  लिएर भागेका थिए । घरवाट सुटकेस लिएस उक्त नाकाववाला व्यक्रिले तल झर्न लाग्दा ठाकुरको छोरी डा मिनाक्षी ठाकुर प्रतिकारमा उत्रेकी थिइन । प्रतिकारमा उत्रेको उनको छोरी माथी छुरा प्रहार भएको र त्यसको उनी धाइते भएकी छिन ।


धाइते भएकी ठाकुरको छोरीको हाथ र टाउकोमा चोट लागेको तमलोपाका प्रवक्ता श्रीवास्तवको भनाई छ । प्रवक्ता श्रीवास्तवका अनुसार मिनाक्षीको उपचार जारी छ । यद्यपी उनी खतरामुक्त रहेको उनको भनाई छ ।

घटनाको सुचना पाए लत्ततै प्रहरी त्याहा पुगे पनि चोरले ठाकुरले बोक्ने कालो सुटकेस लिएर फरार भइसकेका थिए । तमलोपा प्रवक्ता श्रीवास्तवका अनुसार चारले लगेको ठाकुरको कालो सुटकेसमा तमलोपाको हालै सम्पन्न महाधिवेशनको खर्चहरुको हिसाव गरिएको केहि महत्वपुर्ण कागजातहरु थियो भने त्यसको साथै ठाकुरको केहि नियमित खर्चको रकम पनि उक्त सुटकेसमै थियो । अध्यनशिल स्वभावका भएकाले ठाकुरले आफनो सुटकेसमा केहि कितावहरु समेत बोक्ने गरेका थिए ।
 
तमलोपाले शनिवार एक प्रेस विज्ञिप्त निकालेर शुक्वार भएको उक्त घटनामा संग्लनलाई  कानुनी दायरामा ल्यार दण्डित गर्न माग गरेको छ ।

No comments:

Post a Comment