
आन्तरिक र बाह्य दुवै समिकरणका कारण होला तमलोपा अध्यक्ष महन्थ ठाकुर यादवभन्दा वढी शीक्तशाली मात्रै होईन कि वरु प्रभावशाली समेत रहेको वेला वेलामा पुष्टि हुन्छ । यसले आन्दोलनकारीहरु भित्रको सकस थप वढन गएको देखिन्छ । पछिल्लो मधेश आन्दोलनको क्रममा सदभावना अध्यक्ष राजेन्द्र महतो संय यादवको वढेको टकरावले आन्दोलनकारीहरु भित्रको रसायनलाई थप सल्काई दिएको छ ।
मधेश राजनितीका आन्तरिक खेलाडीहरुको बुझाईमा गएको आइतवारको घटना पनि त्यही हो । पछिल्लो समयमा सरकार संगको वार्ता प्रक्रियामा मोर्चा पक्षधर हावी हुने संकेत पाएका यादवले गठवन्धनको नाउमा कार्यदल बनाउनु पछाडीको रणनिती प्रष्ट छ । यो कुरावाट मोर्चा पक्षधरहरु पनि जानकार भएर नै सचिवालय बैठक गरेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए, मधेश राजनितीका भित्रियाहरु भन्छन ।
तमलोपाका महामन्त्री वृजेश गुप्ताको बुझाईमा आन्दोलनकारीहरुको विचमा वेला वेलामा देखिएको यस्तो किचलो खासै महत्वपुर्ण छैन । गुप्ता भन्छन, जाहा विभिन्न पार्टीहरु एउटा समुहमा बसेर काम गर्दै छ, त्याहा यस्ता कुराहरु वेला वेलामा आउनु कुनै नौलौ होईन । मोर्चा र गठवन्धनको आइतवारको निर्णय पश्चात विकसित घटनाक्रमको माझ तमलोपा अध्यक्ष ठाकुर अन्य मधेशी नेतृत्वहरु संग छलफल गरीरहेको बुझिएको छ । खासगरी गठवन्धन बैठकले निर्णय गरे अनुसार सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले आफु त्यो जिम्मेवारी नसम्हाल्ने बताए पछि चौतर्फी चासोहरु वढन थालेको छ । तमलोपा महामन्त्री गुप्ताले घुमाउरो रुपमा ठाकुरले अन्य मधेशी नेताहरु संग छलफल गरीरहेको स्विकार गर्दै भने, यसलाई अन्यथा लिनु हुदैन, कुरा विर्गन थाले पछि सवै संग छलफल गरेर कुरा मिलाउने कर्तव्य पनि नेतृत्वको नै हो ।
![]() |
राजकिशोर यादव |
फोरम गणातान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार आन्दोलनकारी मधशी नेतृत्व मध्ये पनि खासगरी उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो विचको नेतृत्व ठकरावले वेला वेलामा यस्तो यस्तो उपद्रो हुने गर्छ । गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादव भन्छन, महन्थ ठाकुर र राजेन्द्र महतोको महत्वलाई चुनौती दिन पनि उपेन्द्र यादवले वेला वेलामा यस्तो राजनितीक चाल चलीरहेको देखिन्छ । उनको बुझाईमा यसले नेतृत्वहरु लाई खाटा भईरहेको छ । मधेश जुन मनसिथ्तीवाट अगाडी वढीरहेको छ, यसलाई प्रमुख मधेशी नेतृत्वहरु अझै पनि पुरै रुपमा स्विकार गर्न नसकिरहेको यसवाट देखिन्छ, उनी भन्छन, यसले आन्दोलन भन्दा पनि नेतृत्वलाई घाटा भईरहेको छ ।
No comments:
Post a Comment