Monday, September 5, 2016

कार्यदल वारेमा मलाई कुनै जानकारी छैन - लक्ष्मणलाल कर्ण ।

संघिय गठवन्धनले संविद्यान संशोधनको लागी कार्यदल बनाएको समाचार प्रति सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले आश्चर्य व्यक्त गरेका छन । सोमवार एक्कासी समाचारहरुमा कार्यदल र आफु संयोजक भएको वारेमा समाचार देखे पछि नेता कर्ण आश्चर्यकित भएको बताए । यस्तो बैठकहरुमा सदभावना पार्टीको तर्फवाट सहभागी हुने जिम्मा पाएको पार्टी महासचिव मनिष सुमनलाई मैलै फोन गरेर यसवारेमा सोधे, कर्णले दलान संग भने, सुमनले समेत उक्त बैठकको वारेमा आफुहरुलाइृ कुनै जानकारी नै नभएको जानकारी आफुलाई गराएको छ । नेता कर्ण हिजो आइतवारै काठमाडौ वाट विरगंज आफु पुगेको बताए । गठवन्धनको आइतवार बसेको बैठकले संविद्यान संशोधनको सन्दर्भमा सदभावना नेता कर्णको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको समाचार आएको थियो ।

आइतवार वेलुकि नै मधेशी मोर्चाको सचिवालयको तर्फवाट तमलोपा नेता बृषेशचन्द्र लालले जारी गरेको प्रेस विज्ञिप्त संचारकर्मीहरुलाई पठाइएको थियो । उक्त विज्ञिप्तमा, मोर्चाको सचिवालय बैठक आइतवार तमलोपाको पार्टी कार्यलयमा बसेको र उक्त बैठकले आउदो २ असोज देखि ४ गते सम्मका लागी विरोध कार्यक्रम सार्वजनिक गर्दै ३ असोजलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको उल्लेख गरिएको थियो ।

No comments:

Post a Comment