
आइतवार तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा भएको मोर्चाको सचिवालय बैठक पश्चात जारी गरिएको वित्तिप्तमा मधेशी मोर्चामा र संघिय गठवन्धनमा आवद्ध आन्द्योलनरत दलहरु संयुक्त रुपमा सहिदहरु प्रति सम्बन्धीत ठाउहरुमै पुगेर श्रदान्जली सभाहरु गर्ने निर्णय गरेको जनाएको छ । यसको साथै मोर्चाले २ असोजमा तराई मधेशका सवै जिल्ला सदरमुकामहरु सार्वजनिक अन्तक्रिया समेत गर्ने निर्णय गरेको छ । यसरी आयोजना गरिने अन्तक्रिया र श्रदान्ज्लीसभाहरुको संयोजन स्थानिय आन्दोलनरत मोर्चाका समितीहरुले गर्ने छन ।
सत्तारुढ दलहरु संग संविद्यान संशोधन र अन्दोलनकै सन्दर्भमा ३ बुदे सहमती गरेको मधेशी मोर्चाले ३ असोलमा सत्तारुढ गठवन्धनहरु आयोजन ागर्ने कुनै पनि कार्यक्रमहरुमा समेत सहभागी हुने छैनन । सत्तारुढ गठवन्धनसंग संविद्यान संशोधनका लागी अनौपचारिक संवादमा रहेको वेला मोर्चाले ३ असोजलाई कालो दिवसको रुपमा मनाउने निर्णय गर्नाले आफैमा महत्व राख्ने गर्छन भन्ने बुझाई कतिपय मधेशी पार्टीहरुका भित्रियाहरु बताउछन ।
गत बर्षको ६ महिना लामो मधेश आन्दोलनको क्रममा ६८ जनाले सहादत्त दिएको मोर्चा हालै गृहमन्त्रालयलाई बुझाएको विवरणमा उल्लेख गरिएको थियो । यद्यपी सरकारले त्यसवाट ५२ जनालाई मात्रै सहिद घोषणा गर्ने निर्णय गरेको थियो । मोर्चाले बाकी १६ लाई पनि सहिद घोषणा गर्नु पर्ने माग गरेको छ । यसको साथै मोर्चाले हालै आन्दोलनको क्रममा सरकारी पक्षवाट मुद्धा लगाइएको ४९१ जना विवरण गृहमन्त्रालयलाई बुझाएको थियो । मोर्चाले यी सवै मुद्धा फिर्ता हुनु पर्ने माग गरेको छ । यसको साथै आन्द्योलनताका धाइते भएकाहरुको उपचार खर्च समेत सरकारलाई दिन मोर्चाले माग गरेको छ ।
No comments:
Post a Comment