Friday, September 2, 2016

मधेशी मोर्चाद्धारा गृहसचिव समकक्ष मुद्धा फिर्ताको विवरण पेश ।

मधेशी मोर्चाले शुक्रवार गृहसचिवलाई भेटेर मधेश आन्दोलनताका लगाइएका मुद्धाहरु फिर्ता गर्नेहरुको नामावली बुझाएका छन । मोर्चाको सचिवालयले सवै जिल्लाहरु वाट तथ्यांक संकलन गरेर शुक्रवार आन्दोलताका ४ सय ९१ जना माथी मुद्धा विभिन्न मुद्धा लगाइएको विवरण गृहसचिवलाई उपल्बध गराएको छ । यस अघि मोर्चा संग सतारुढ गठवन्धनले तीन बुदे सहमती गरे पछि गृहमन्त्रालयले मुद्धा फिर्ता सम्बन्धी संकलन गरेको तथ्यांक ३ सय ९१ जनाको थियो । आन्द्योलनको क्रममा लगाइएको मुद्धा फिर्ता प्रति सुरक्षा निकायहरुले गम्भिर आपत्ति जनाएको समाचारहरु प्रकाशित भएको थियो । गृहमन्त्रालयले संकलन गरेको मुद्धा फिर्ता सम्बन्धी तथ्यांक प्रति मोर्चाले आपत्ति जनाएका थिए ।

शुक्रवार मोर्चाले मुद्धा फिर्ता सम्बन्धी वुझाएको विवरण पश्चात ३ बुदे सहमतीको वाकी कामहरु चाडै पुर्णरुपमा सम्बोधन हुने विश्वास मधेशी नेताहरुले गरेका छन । मोर्चाका सचिवालय तथा कार्यदल सदस्य राम नरेश रायका अनुसार अव गृहप्रशासनवाट वाकी रहेको कामहरु चाडै सम्बोधन हुने आश्वासन मोर्चाले पाएको छ ।

यस अघि मोर्चाले बुझाएको विवरण अनुसार अनुसार सरकारले सहिद घोषणा नगरे पछि मोर्चाले त्यस प्रति आपत्ति जनाउदै वाकी रहेको १६ जनालाई थप सहिद घोषणा गर्न माग गरेका थिए । मोर्चाको बैठकले सहमती अनुसार सरकारले हाल सम्म पनि धाइतेको उपचार खर्च समेत पुर्ण रुपमा नदिएको भन्दै आपत्ति जनाएका थिए । मोर्चाको कार्यदलले यी सवै विषयमा गृहमन्त्रीलाई पुन ध्यानाकर्षण समेत गराएका थिए । 

No comments:

Post a Comment