Wednesday, September 28, 2016

तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गर्ने अभियोगमा दुई जना पक्राउ ।

गएको २४ भदौमा तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरवाट विफ्रकेश चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी सोमवार उक्त घटनामा संग्लन रहेको अभियोगमा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं पेप्सीकोला बस्ने सर्लाही पिडाडि गाबिस–३ का २३ वर्षीय रन्जितप्रसाद गुप्ता र काठमाडौं पेप्सीकोला बस्ने महोत्तरी मेघनाथ घोरन्ना गाबिस–४ का ३२ वर्षीय ‘प्रमानन्द’ भन्ने प्रचण्डप्रताप सिंह रहेका छन् । गुप्ता ठाकुर चढने गाडीका पुर्व चालक हुन ।

उनीहरुले विफ्रकेश चोरी फरार रहने क्रममा ठाकुरकी छोरी डा मिनाक्षी ठाकुरलाई खुकुरीसमेत देखाई आक्रमण गरी हातमा चोट तुल्याई घाइते बनाएको देखिएको छ । संलग्नमध्येका गुप्ताले आफ्नो पहिचान नखुलोस भनेर डा मिनाक्षीलाई खुर्सानीको धुलोसमेत हाली फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ भएका दुवैजनाले योजनावद्ध तवरबाट जवरजस्ती चोरीबाट आएको रकम वाँडफाँड गरी खाने योजना वनाएको अनुसन्धानबाट देखिएकोले उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाइएको सो महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment