Tuesday, September 27, 2016

संविद्यान संशोधन सहित तीन वुदेको वारेमा मोर्चाद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई ३ बुदे सहमतीको वारेमा ध्यानाकर्षण गराएका छन । प्रचण्ड प्रधानमन्त्रीमा बन्ने वेलामा मधेशी मोर्चा संग ३ बुदे सहमती गरेका थिए । संविद्यान संशोधन सहित मधेश आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा, धाइतेहरुको उपचार खर्च र मुद्धा फिर्ताको वारेमा उक्त तीन वुदा गरिएको थियो । हिजो सोमवार मात्रै मोर्चाको बसेको बैठकले प्रधानमन्त्रीले आफुहरु संग गरेको सहमती अनुसार सविद्यान संशोधन अघि नवढाएको भन्दै प्रचण्डलाइ ध्यानाकर्षण गराउने निर्णय गरेका थिए ।

मोर्चाको हिजोको उक्त बैठकले गरेको निर्णयहरु लिएर मोर्चाका नेता राजेन्द्र महतोको नेतृत्वमा मंगलवार प्रधानमन्त्री प्रचण्ड काहा मोर्चा गएको थियो । प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको मोर्चाका नेताहरुको टोली वाट महतोले मोर्चाको हिजो निर्णयहरु पढेर सुनाएका थिए ।

मोर्चाको तर्फवाट सदभावना अध्यक्ष महतोले कुरा राखी सकेपछि प्रधानमन्त्री प्रचण्डले अव सरकार र मोर्चा दुवै पक्ष मिलेर चाडै संशोधन खाका बनाउन लागी पर्ने आश्वासन दिएका थिए ।
 
त्यस संगै मोर्चाले मुद्धा फिर्ताको वारेमा राखेको सरोकारमा प्रचण्डको तर्फवाट गृहमन्त्री विमलेन्द्र निधिले गृहप्रशासनले त्यसमा गृहकार्य गरीरहेको भन्दै चाडै त्यो हुने आश्वासन दिएका थिए । 

No comments:

Post a Comment