Friday, September 16, 2016

३ असोजमा मधेशी मोर्चाले काठमाडौमा पनि प्रर्दशन गर्ने ।

धाइतेको उपचार खर्च र मुद्धा फिर्ता वारेमा मोर्चाको सचिवालयले पनि छानविन गर्दै ।

सरकार तथा प्रमुख विपक्षी नेकपा एमालेले ३ असोजलाई भव्य रुपमा संविद्यान दिवस मनाउने तयारी गरिरहदा मधेशी मोर्चाले त्यस दिनलाई कालो दिवसको रुपमा मनाउदै काठमाडौमा समेत प्रर्दशन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मोर्चाको सचिवालय बैठकले कालो दिवस तराई मधेश सहित काठमाडौ मा समेत मनाउने निर्णय गरेको छ । यस अघि मोर्चाले ३ असोजलाई कालो दिवसको रुपमा मनाउदै निर्णय गर्दै २ देखि ४ असोज सम्मका लागी तराई मधेशका विभिन्न ठाउहरुमा प्रर्दशन गर्ने निर्णय गरेको थियो । तर शुक्रवार बसेको मोर्चाको सचिवालय बैठकले तराइ मधेशको साथै काठमाडौमा समेत ३  असोजमा प्रर्दशन गर्ने निर्णय गरेको छ । सचिवालय सदस्य तथा तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार ३ असोजमा मोर्चाले काठमाडौको माइतीघर मण्डलामा जम्मा भएर प्रर्दशन गर्ने निर्णय गरेको छ ।

यसको साथै मोर्चाको शुक्रवार बसेको सचिवालय बैठकले मधेश आन्दोलनमा धाइते भएकाहरुको उपचार खर्च तथा मुद्धा फिर्ता वारेमा गृहमन्त्रालयले देखाएको सरोकारवारेमा समेत छानविन गर्न सुरु गरेको छ । यस अघि सहिद घोषण तथा धाइतेको खर्च तथा मुद्धा फिर्तामा गृह मन्त्रालयले सरोकार देखाए पछि मोर्चाको शिर्ष तहको बैठकले तीन सदस्यीय कार्यदल वनाउदै त्यसलाई कुरा गर्ने जिम्मेवारी तोकेको थियो । लालबाबु राउत, राम नरेश राय र मनिष सुमन सम्मलीत उक्त कार्यदलले धाइतेको खर्च रकम तथा मुद्धा फिर्ताको वारेमा गृह मन्त्रालय संग गरेको छलफल पश्चात मोर्चाको सचिवालय बैठकले त्यस वारेमा छानविन गर्न सुरु गरेको छ ।  

तमलोपा उपाध्यक्ष लालका अनुसार सचिवालयको त्यही प्रयोजनका लागी शनिवार पुन बस्दै छ । लालका अनुसार आन्दोलनको क्रममा वास्तविक धाइतेहरु नछुटुन तथा जेन्युन केसहरु पछि नपरोस तथा आन्दोलनको नाममा गलत मानिसहरु फाइदा नउठाउन भन्ने उदेश्यका साथ मोर्चाको सचिवालयले संकलन गरेको पुर्ण विवरण माथी छानविन सुरु गरेको छ ।
 
मधेशी मोर्चाले गृह मन्त्रालयमा सहिद घोषणा देखि मुद्धा फिर्ता सम्मको वुझाएको विवरण माथी मन्त्रालयले कतिपय केसहरुमा गम्भिर सरोकारहरु देखाएका थिए । त्यस पछि मोर्चाले त्यसलाई सल्टाउनका लागी तीन सदस्यीय छुटै कार्यदलको घोषणा गरेको थियो । उक्त कार्यदलले गृह मन्त्रालयका पदाधिकारीहरु संग गरेको छलफल पश्चात मोर्चाको सचिवालयले यो काम थालेको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment