Thursday, September 15, 2016

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा मोर्चाका नेताहरु ।

आज देखि चार दिने भारत भ्रमणमा गएको प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा आन्दोलनरत मधेशी पार्टीहरुका सासदहरु समेत सामेल छन । प्रचण्डको भ्रमण टोलीमा तमलोपाका ससद तथा उक्त पार्टीका महामन्त्री जंगीलाल राय तथा फोरम नेपालका सासंद लालबाबु राउत सहभागी भएका छन । भारत भ्रमणमा जानु अघि संविद्यान संशोधनको प्रस्ताव सदनमा दर्ता नगराएको भन्दै मधेशी पार्टीहरु असन्तुष्ट देखिएको वेला मोर्चाका सांसदहरु प्रचण्डको भ्रमण टोलीमा सामेल भएका छन ।

प्रचण्ड नया सत्तागठवन्धनको तर्फवाट प्रधानमन्त्रीमा निर्वाचित हुदा मधेशी पार्टीहरु संग तीन वुदे सहमती गरेका थिए । त्यही ३ बुदेको आधारमा मधेशी पार्टीहरुले प्रचण्डलाई समर्थन गरेका थिए । यद्यपी पछिल्लो समयमा ३ बुदे सहमती अनुसार संविद्यान संशोधन हुन नसकिरहेको वेला मधेशी पार्टीहरु पुन आन्दोलनमा जाने बताउन थालेका छन ।

No comments:

Post a Comment