Sunday, September 11, 2016

प्रधानमन्त्रीसंग वार्ता हुन सकेनन ।

सत्तारुढ गठवन्धनको संविद्यान संशोधनको खाका प्रति असन्तुष्ट रहेको मधेशी मोर्चा र प्रधानमन्त्री विच आइतवार भनिएको बैठक हुन सकेनन । शुक्रवार साझ प्रधानमन्त्री र काग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा आन्दोलनका दुई जना शिर्ष नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादव संग छलफल गरेका थिए । शुक्रवारको बैठक पश्चात नेताहरुले आइतवार पुन बैठक गर्ने भनेका थिए । यद्यपी उक्त शिर्ष बैठक अगावै काग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधि संगको भेटमा तमलोपा अध्यक्ष ठाकुरले आफुहरुले सत्तारुढ दलहरुले भनिरहेको अनुसारको संशोधनको पक्षमा नरहेको बताएका थिए । निधि मार्फत प्रचण्डले उक्त सुचना पाए पश्चात गएको शुक्रवार प्रचण्डले उक्त बैठक डाकेका थिए । उक्त बैठक पश्चात पुन आज आइतवार सुत्तारुढ गठवन्धन नयां प्रस्ताव लिएर आउने भनेका थिए । तर आज आइतवार दुवै पक्षको वार्ता नै हुन सकेनन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आज आइतवारको वार्ता उत्तै अर्थात सत्तारुढ गठवन्धनकै तर्फवाट स्थगीत भएको छ ।

संशोधनको सन्दर्भमा प्रधानमन्त्री संग लागातार केहि महत्वपुर्ण अनौपचारिक छलफल गरेका फोरम अध्यक्ष यादव भन्छन, प्रधानमन्त्री प्रचण्डको नियत नै संशोधनको पक्षमा देखिएनन । पछिल्लो नयां सत्ता गठवन्धनको प्रतिको आशावाट अव आफु पुर्ण रुपमा निराश भइसकेको समेत यादवको भनाई छ । यो प्रधानमन्त्रीले समस्या समाधानको पक्षमा केहि गर्ला जस्तो मलाई लाग्न अव छोडिसके, यादवले भने ।

तमलोपा अध्यक्ष ठाकुर निकट स्रोतका अनुसार प्रधानमनत्री र सत्तारुढ गठवन्धन मधेश आन्दोलनलाई सम्बोधन गर्नु भन्दा पनि भारतलाई देखाउनका लागी संशोधन गर्न लागेको आभास पछिल्लो समयमा मधेशी पार्टीहरुलाई भईरहेको छ । यथास्थितीमा सत्तारुढ गठवन्धनले संशोधन दर्ता गराए आन्दोलनरत मधेशी पार्टीहरु विपक्षमा जाने उनको भनाई छ । मधेशी पार्टी सम्बद्ध स्रोतका अनुसार मुख्य रुपमा अनौपचारिक वार्ताको क्रममा संघियताको सिमाकंनमा कुरा नमिले पछि मधेशी पार्टीहरु पछि हटेका हुन ।
 
काग्रेस सभापति देउवा हालै देश वाहिर हुदा प्रधानमन्त्री प्रचण्डले तमलोपा अध्यक्ष ठाकुर र फोरम अध्यक्ष यादवसंग भेट गरेर आफु राज्य पुनंसंरचना आयोगको सिफारिस अनुसारको १० प्रदेशको खाका मान्न तयार रहेको भन्दै काग्रेसलाई यसलाई मनाउन सवै पक्षलाई खटन भनेका थिए । स्रोत भन्छन, तर काग्रेस सभापति देउवा काठमाडौ फर्के यता यस वारेमा समान्य कुरा समेत राम्ररी हुन सकेको छैन । वरु सत्तारुढ गठवन्धनले संघियताको सिमाकनको वारेमा अन्य केहि प्रस्तावहरु अघि सारेका छन । मधेशी पार्टीहरु तराई मधेशमा जसरी पनि दुई प्रदेश हुनु पर्छ भन्ने पक्षमा छ ।

No comments:

Post a Comment