Thursday, September 8, 2016

सत्तारुढ गठवन्धनको संशोधन प्रस्ताव प्रति मधेशी मोर्चा असन्तुष्ट ।

काग्रेस-माओवादी गठवन्धनले संविद्यान संशोधनका लागी दर्ता गराउने प्रस्तावको तयारी स्वरुप तयार  पारेको खाका प्रति आन्दोलनरत मधेशी पार्टीहरु असन्तुष्ट देखिएका छन । आन्दोलनरत मोर्चा सम्बद्ध उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण पुर्व नै सदनमा दर्ता गराउन आतुर देखिएको सत्तारुढ पक्षको संशोधन खाका अपुर्ण भन्दै मधेशी मोर्चाका शिर्ष नेताहरु असन्तुष्ट देखिएका हुन । मोर्चा सम्बद्ध स्रोतको बुझाईमा प्रधानमन्त्री निर्वाचनताका काग्रेस-माओवादी शिर्ष नेताहरुले गरेको वाचा भन्दा फरक ढगले संधोधन खाका बनेको छ । हिजो वुधवार सरकारका एक जना प्रभावशाली उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलहरुले बनाएको संधोशन खाका लिएर तमलोपा अध्यक्ष महन्थ ठाकुर काहा पुगेका थिए । ठाकुर निकट स्रोतका अनुसार ठाकुरले निधिले ल्याएको सत्तारुढ गठवन्धनको खाका प्रति पुर्ण रुपमा समर्थन गर्न नसकिने जवाफ दिएका थिए । सम्बद्ध स्रोतका अनुसार सत्तारुढ गठवन्धन ४ ओटा बुदा त्यो पनि मोर्चा भएको छलफल भन्दा धेरै फरक देखिएको छ । पछिल्लो समयमा संविद्यान संशोधनको सन्दर्भमा सत्तारुढ गठवन्धन र मोर्चाका केहि प्रमुख शिर्ष नेताहरु विच धनिभुत अनौपचारिक छलफलहरु चलेको थियो । 
 
सतारुढ गठवन्धनका केहि प्रमुख खेलाडीहरु संग अनौपचारिक संवाद गरेका केहि शिर्ष मधेशी नेताहरु पछिल्लो समयमा असन्तुष्ट देखिन थालेका छन । निधिले तमलोपा अध्यक्ष ठाकुर वुधवार छलफल गरे जस्तै माओवादी नेता कृष्णबहादुर महराले फोरम नेपाल सहितका केहि अन्य शिर्ष मधेशी नेताहरु छलफल गरेका थिए ।

मधेशी मोर्चा सम्बद्ध स्रोतका अनुसार सत्तारुढ गठवन्धनले स्थानिय निकायको काम अघि वढदा संघियताको अधिकार कटौति हुने भएकाले यसले संशोधनलाई समेत निष्प्रभावी बनाउने सम्भावना छ । यद्यपी उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले तमलोपा अध्यक्ष ठाकुरलाई आफु अमेरिक भ्रमण वाट फर्के लगत्तै संशोधनको वारेमा एमाले सहित सवै पक्ष संग छलफल गरेर कुरा मिलाउने आश्वासन दिएका छन ।
 
मधेशी मोर्चाका एक शिर्ष नेता भन्छन, कुरा मिल्ने भए केहि तलमाथी दुवै पक्ष सहन तयार हुनु पर्छ भन्नेमा दुईमत छैन तर अवस्था झन विर्गला कि भन्ने आकंलन पछिल्लो समयमा मोर्चाका शिर्ष नेताहरुले निकाल्न थालेका छन । वर्तमान सरकार बन्दा खेरी उत्साहि देखिएका  मोर्चाका नेताहरु यथास्थ्तिीमा सत्तारुढ गठवन्धने संशोधन दर्ता गराए त्यसको विपक्षमा उभिने संकेत पनि गरेका छन । वर्तमान सरकारलाई आन्दोलनरत मोर्चा र गठवन्धनले समर्थन दिएको छ ।

No comments:

Post a Comment