Friday, September 30, 2016

तमलोपा र सदभावना एकिकरणको आन्तरिक गृहकार्य सुरु ।

लक्ष्मणलाल कर्ण र वृषेशचन्द्र लाललाई एकिकरणको खाका बनाउने जिम्मा । 


लक्ष्मणलाल कर्ण
गएको असार पहिलो हप्ता तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको पुर्वसन्धयामा पुन चर्चामा आएको तमलोपा र राजेन्द्र महतो नेतृत्वको सदभावना विचको एकिकरणका लागी आन्तरिक गृहकार्य सुरु भएको छ । हाललाई अति गोप्य तरिकाले यी दुई ओटा पार्टीहरु विच एकिकरणको आन्तरिक कसरत उच्च तहमा चलीरहेको सम्बद्ध स्रोतको दावी छ । तमलोपाको महाधिवेशनको पुर्वसन्धयामा भएको सदभावनाको विशेष पदाधिकारी बैठकमा उक्त पार्टी अध्यक्ष राजेन्द्र महतो स्यंवम आफैले तमलोपा संग एकिकरण गर्ने वारेमा छलफल भईरहेको खुलाएको थियो । त्यसको भोली पल्ट तमलोपाको नवलपरासीमा सुरु भएको महाधिवेशनको उद्धघाटन समारोहमा समेत महतोले तमलोपासंगको एकिकरणको वारेमा बोलेका थिए । तमलोपा पहिलो महाधिवेशनले पारित गरेको राजनितीक दस्तावेजमा पनि मधेश केन्द्रित पार्टीहरु संगको एकिकरणलाई विशेष महत्वका साथ उल्लेख गरिएको थियो । तमलोपा र सदभावना पार्टी सम्बद्ध स्रोतका अनुसार त्यसको केहि समय पछि नै तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महताले आन्तरिक छलफल गरेर नेताहरु लक्ष्मणलाल कर्ण र वृषेशचन्द्र लाललाई एकिकरणको सवै पक्षहरुको विस्तृत खाका बनाउने जिम्मा तोकेका छन । दुवै पक्षले एकिकरणको सन्दर्भमा हुने तयारीलाई अति गोप्य राख्ने सहमत भएकाले यसवारेमा अधिकारिक रुपमा कसैले केहि बोलेका छैन ।

Thursday, September 29, 2016

हिन्दी अभियानी मधेशी नेता रमण पाण्डे सम्मानित

विगत २६ बर्ष देखि प्रतिकात्मक रुपमा नेपाली भाषालाई वहिष्कार गर्दै हिन्दीमा मधेश केन्द्रित अभियान चलाउदै आएका मधेशी नेता रमण पाण्डे वुधवार सम्मानित भएको छ । वुधवार विरगंजमा एक हप्ते हिन्दी समागन कार्यक्रममको अन्तयमा पाण्डेलाई विरगंज स्थित भारतीय महावाणिज्यदुतावका प्रमुख अन्जु रन्जन र कार्यक्रममा सहभागी हुन विरगंज आइपुगेका वरिष्ठ भारतीय साहित्यकार आलोक धन्नवाले पाण्डेलाई सम्मानीत गरेका थिए । सम्मानित पाण्डे सदभावना पार्टीसंग सुरु देखि नै आवद्ध भएर मधेश राजनिती गर्दै आइरहेका छन । मधेशीहरु संग भाषीक, सांस्कृतिक रुपमा विभेद भएको स्वरुप पाण्डे नेपाली भाषालाई विगत २६ बर्ष देखि वहिष्कार गर्दै आइरहेका छन । पाण्डे महोत्तरीका हुन ।

Wednesday, September 28, 2016

तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गर्ने अभियोगमा दुई जना पक्राउ ।

गएको २४ भदौमा तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरवाट विफ्रकेश चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी सोमवार उक्त घटनामा संग्लन रहेको अभियोगमा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं पेप्सीकोला बस्ने सर्लाही पिडाडि गाबिस–३ का २३ वर्षीय रन्जितप्रसाद गुप्ता र काठमाडौं पेप्सीकोला बस्ने महोत्तरी मेघनाथ घोरन्ना गाबिस–४ का ३२ वर्षीय ‘प्रमानन्द’ भन्ने प्रचण्डप्रताप सिंह रहेका छन् । गुप्ता ठाकुर चढने गाडीका पुर्व चालक हुन ।

Tuesday, September 27, 2016

संविद्यान संशोधन सहित तीन वुदेको वारेमा मोर्चाद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई ३ बुदे सहमतीको वारेमा ध्यानाकर्षण गराएका छन । प्रचण्ड प्रधानमन्त्रीमा बन्ने वेलामा मधेशी मोर्चा संग ३ बुदे सहमती गरेका थिए । संविद्यान संशोधन सहित मधेश आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा, धाइतेहरुको उपचार खर्च र मुद्धा फिर्ताको वारेमा उक्त तीन वुदा गरिएको थियो । हिजो सोमवार मात्रै मोर्चाको बसेको बैठकले प्रधानमन्त्रीले आफुहरु संग गरेको सहमती अनुसार सविद्यान संशोधन अघि नवढाएको भन्दै प्रचण्डलाइ ध्यानाकर्षण गराउने निर्णय गरेका थिए ।

Monday, September 26, 2016

स्थानिय निकायको वारेमा प्रमुख दलहरुले गरेको सहमती मधेशी मोर्चाले नमान्ने ।

संविद्यान संशोधनको लागी प्रचण्डलाई ध्यानाकर्षण गराउने । 

आन्दोलनरत मधेशी मोर्चाले प्रमुख तीन दलहरु विच हिजो स्थानिय निकायको वारेमा भएको सहमती नमान्ने जनाएको छ । सोमवार तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले प्रमुख तीन दलहरुले इलाकालाई आधार बनाएर स्थानिय निकाय पुनंसंरचना गर्ने गरी गरेको सहमती आफुहरु नमान्ने भन्दै संविद्यान संशोधनका लागी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । मोर्चाका एक घटक सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री निर्वाचनताका सतारुढ गठवन्धन संग भएको सहमती अनुसार सरकार संशोधनको प्रक्रिया अगाडी नवढाएको भन्दै मोर्चाका शिर्ष नेताहरु प्रधानमन्त्रीलाई त्यस सम्बन्धीमा ध्यानाकर्षण गराउने छ । कर्णका अनुसार संविद्यान संशोधन विना प्रमुख दलहरुले स्थानिय निकायको वारेमा गरेको निर्णयलाई मोर्चाले नमान्ने निर्णय  गरेको छ । कर्णले भने, प्रमुख कुरा संविद्यान संशोधन गरेर संघियतालाई व्यवस्थीत गर्ने कुरा छ । स्थानिय निकायको पुर्नसंरचनाको नाममा नागरिकको सेवा सुविद्याहरुलाइ झनै टाढा गर्ने अधिकार कसै संगै छैन । मोर्चाको अवरोधका कारण तराई मधेशका जिल्लाहरुमा स्थानिय निकाय पुनंसंरचना समितीले यस अघि काम गर्न सकेको थिएन ।

Tuesday, September 20, 2016

मधेश आन्दोलनमा मारिएकाहरुको सम्झनामा श्रदान्जलीसभा

गत बर्ष ६ महिना भन्दा लामो समय सम्म चलेको मधेश आन्दोलनको क्रममा मारिएकाहरु प्रति आज मधेशी मोर्चा सहित संघिय गठवन्न्धनले श्रदान्जलीसभाको आयोजना गरेको छ । गठवन्धनले काठमाडौको कलंकीमा श्रदान्जली सभाको आयोजना गरेको थियो मधेशै भर मोर्चा सहित गठवन्धनले संयुक्त रुपमा श्रदान्जली सभाको आयोजना गरेको थियो ।

Monday, September 19, 2016

संविद्यान दिवसको अवसरमा तराई मधेशमा 'कालो दिवस' ।

संविद्यानसभा वाट नयां संविद्यान जारी भएको आजको दिनलाई सरकार सहित प्रमुख दलहरु संविद्यान दिवसको रुपमा मनाइरहदा आन्दोलनरत मधेशी मोर्चाले कालो दिवसको रुपमा मनाएको छ । संविद्यानको कयौन प्रावद्यानले मधेशी सहिच अन्य पिछडिएको समुदाय संग विभेद गरेको भन्दै मधेशी पार्टीहरुले गत वर्ष सविद्यान जारी हुदा आन्दोलनमा थिए । गत वर्ष नयां सविद्यान प्रतिको असन्तुष्टि स्वरुप नै तराई मधेशमा ६ महिना लामो आन्द्योलन चलेको थियो । बन्द, हडताल तथा नाका केन्द्रित आन्दो्लनवाट पछि हटे पनि मोर्चाले आन्दोलनमै रहेको बताउदै आएको छ । विभिन्न विधिद कार्यक्रम गर्दै आइरहेको मधेशी पार्टीहरुले संविद्यान जारी भएको दिनलाई संविद्यान दिवस मनाउने निर्णय सरकारले गरे संगै ३ असोजलाई कालो दिवसको रुपमा मनाउने निर्णय सार्वजनिक गरेको थियो ।

Sunday, September 18, 2016

मधेशी मोर्चाद्धारा गृहमन्त्रीलाई थप विवरणहरु हस्तानान्तर ।

१४ सहिद सहित थप ११ जनाको मुद्धा फिर्ताको लागी मोर्चाको सिफारिस ।

गृहमन्त्री विमलेन्द्र निधिले सरकार ३ सय ७४ जनाको मुद्धा फिर्ता दशै अगाडी नै गर्ने बताएको भोली पल्ट मधेशी मोर्चाले उनलाई यस अघि बुझाएको मुद्धा फिर्ताको नामावलीमा छुटेको भन्दै थप ११ जना माथी लगाइएको मुद्धा फिर्ता हुने पर्ने विवरण बुझाएको छ । यस अघि मधेशी मोर्चाले गृहमन्त्रालयमा ४ सय ९१ जनाको मुद्धा फिर्ता हुनु पर्ने विवरण बुझाएको थियो । गृहमन्त्रालयले आन्दोलनको क्रममा ३ सय ९४ जना माथी मुद्धा लगाइएको तथ्याकं संकलन गरेको छ । गृहमन्त्री निधिले हिजो शनिवार मात्रै सरकारले दशै अगाडी आन्दोलनको क्रममा लगाइएको मुद्धाहरु फिर्ता हुने वताएको थियो । निधिले आन्दोलनको क्रममा लागेको ३ सय ७४ ओटा मुद्धा फिर्ता लिने तयारी सरकारले गरेको बताएका थिए । यस अघि मोर्चाले बुझाएको सहिद घोषणाको नामावलीमा समेत सरकारले केहिलाइ छाडदै ५२ जनालाई सहिद घोषणा गरेको थियो । मोर्चाले आज त्यसमा समेत बाकी रहेको १६ जना मध्ये १४ जनाको विस्तृत विवरण गृहमन्त्रीलाई वुझाएको बताएको छ । यसको साथै मोर्चाले आन्दोलनको क्रममा धाइते भएकाहरुको खर्च भएको रकमको विल भर्फाइ समेत सरकारलाई दिएको छ ।

Friday, September 16, 2016

३ असोजमा मधेशी मोर्चाले काठमाडौमा पनि प्रर्दशन गर्ने ।

धाइतेको उपचार खर्च र मुद्धा फिर्ता वारेमा मोर्चाको सचिवालयले पनि छानविन गर्दै ।

सरकार तथा प्रमुख विपक्षी नेकपा एमालेले ३ असोजलाई भव्य रुपमा संविद्यान दिवस मनाउने तयारी गरिरहदा मधेशी मोर्चाले त्यस दिनलाई कालो दिवसको रुपमा मनाउदै काठमाडौमा समेत प्रर्दशन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मोर्चाको सचिवालय बैठकले कालो दिवस तराई मधेश सहित काठमाडौ मा समेत मनाउने निर्णय गरेको छ । यस अघि मोर्चाले ३ असोजलाई कालो दिवसको रुपमा मनाउदै निर्णय गर्दै २ देखि ४ असोज सम्मका लागी तराई मधेशका विभिन्न ठाउहरुमा प्रर्दशन गर्ने निर्णय गरेको थियो । तर शुक्रवार बसेको मोर्चाको सचिवालय बैठकले तराइ मधेशको साथै काठमाडौमा समेत ३  असोजमा प्रर्दशन गर्ने निर्णय गरेको छ । सचिवालय सदस्य तथा तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार ३ असोजमा मोर्चाले काठमाडौको माइतीघर मण्डलामा जम्मा भएर प्रर्दशन गर्ने निर्णय गरेको छ ।

Thursday, September 15, 2016

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा मोर्चाका नेताहरु ।

आज देखि चार दिने भारत भ्रमणमा गएको प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा आन्दोलनरत मधेशी पार्टीहरुका सासदहरु समेत सामेल छन । प्रचण्डको भ्रमण टोलीमा तमलोपाका ससद तथा उक्त पार्टीका महामन्त्री जंगीलाल राय तथा फोरम नेपालका सासंद लालबाबु राउत सहभागी भएका छन । भारत भ्रमणमा जानु अघि संविद्यान संशोधनको प्रस्ताव सदनमा दर्ता नगराएको भन्दै मधेशी पार्टीहरु असन्तुष्ट देखिएको वेला मोर्चाका सांसदहरु प्रचण्डको भ्रमण टोलीमा सामेल भएका छन ।

Wednesday, September 14, 2016

प्रधानमन्त्री र मधेशी मोर्चा विच छलफल ।

भोली देखि भारत भ्रमणमा गईरहेको प्रधानमन्त्री प्रचण्डले वुधवार मधेशी मोर्चाका प्रतिनिधिहरु संग छलफल गरेका छन । प्रधानमन्त्रीले संविद्यान संशोधनको मस्यौदा भारत भ्रमण अघि सदनमा दर्ता गराउन नसक्दा मधेशी पार्टीहरु रुष्ट देखिएको वेला प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चालाई छलफलमा डाकेका थिए । पछिल्लो समयमा सतारुढ घटक र मोर्चा विच दुरी वढेकै कारण वुधवारको छलफलमा मोर्चाको तर्फवाट शिर्ष नेताहरु सहभागी भएनन । वरु मोर्चाका घटकहरुले आफनो प्रतिनिधिलाई वालुवाटार पठाएका थिए । मोर्चाका प्रतिनिधिहरु संग प्रधानमन्त्रीले आफुहरु संविद्यान संशोधनको खाकामा सहमती जुटाउन लागी परेको भन्दै चाडै त्यसलाई मुर्त रुप दिदै सदनमा दर्ता गराउने प्रतिवद्धता जनाएका थिए । वुधवार प्रधानमन्त्री संगको छलफलमा सहभागी सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, उहाले सधै जस्तै आज पनि सवै कुरा चाडै नै टुगिने कुरा गर्नु भयो ।

Monday, September 12, 2016

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने वारे मोर्चा भित्र आन्तरिक छलफल ।

नयां सत्ता-गठवन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई दिएको समर्थन आन्दोलनरत पक्षहरुले फिर्ता लिने बताएको छ । तीन वुदे सहमती गरेर नया सत्ता गठवन्धनलाई दिएको समर्थन कसरी फिर्ता लिने वारेमा आन्दोलनरत मधेशी पार्टीहरुले आन्तरिक छलफल सुरु गरेको जनाएको छ । संविद्यान संशोधनका लागी सत्तारुढ दलहरुसंग भएको अनौपचारिक वार्ताहरु असफल देखिए पछि मधेशी पार्टीहरु प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिदै पुन आन्दोलनमै फर्कने बताएको छ । सत्ता गठवन्धनले सरकार निर्माणको वेलामा मधेशी पार्टीहरु संग सरकार गठन भएको डेढ महिना भित्र आन्दोलनरत पक्षहरुको माग बमोजिम संविद्यान संशोधन गर्ने मौखिक प्रतिवद्धता जनाएका थिए । सत्ता गठवन्धनहरु संविद्यान संशोधनको पक्षमा अगाडी नवढेको भन्दै मोर्चा आबद्ध मधेशी पार्टीहरुका शिर्ष नेताहरुले चाडै मोर्चाको बैठक गरेर यसवारेमा ठोस रुपमा छलफल सवै पक्ष संग गर्ने बताएको छ । एक शिर्ष मधेशी नेतृत्वको अनुसार दुई चार दिन भित्रै मोर्चाको बैठक बोलाउने गृहकार्य सोमवार देखि सुरु भएको छ । यसको साथै शिर्ष तहमा नेताहरु विच प्रचण्ड सरकारलाई दिएको समर्थन कसरी फिर्ता लिने वारेमा समेत छलफलहरु सुरु भएको छ ।

Sunday, September 11, 2016

प्रधानमन्त्रीसंग वार्ता हुन सकेनन ।

सत्तारुढ गठवन्धनको संविद्यान संशोधनको खाका प्रति असन्तुष्ट रहेको मधेशी मोर्चा र प्रधानमन्त्री विच आइतवार भनिएको बैठक हुन सकेनन । शुक्रवार साझ प्रधानमन्त्री र काग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा आन्दोलनका दुई जना शिर्ष नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादव संग छलफल गरेका थिए । शुक्रवारको बैठक पश्चात नेताहरुले आइतवार पुन बैठक गर्ने भनेका थिए । यद्यपी उक्त शिर्ष बैठक अगावै काग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधि संगको भेटमा तमलोपा अध्यक्ष ठाकुरले आफुहरुले सत्तारुढ दलहरुले भनिरहेको अनुसारको संशोधनको पक्षमा नरहेको बताएका थिए । निधि मार्फत प्रचण्डले उक्त सुचना पाए पश्चात गएको शुक्रवार प्रचण्डले उक्त बैठक डाकेका थिए । उक्त बैठक पश्चात पुन आज आइतवार सुत्तारुढ गठवन्धन नयां प्रस्ताव लिएर आउने भनेका थिए । तर आज आइतवार दुवै पक्षको वार्ता नै हुन सकेनन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आज आइतवारको वार्ता उत्तै अर्थात सत्तारुढ गठवन्धनकै तर्फवाट स्थगीत भएको छ ।

Saturday, September 10, 2016

तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी । दोषीलाई दण्डित गर्न तमलोपाको माग ।

मधेश आन्दोलनका एक जना अगुवा तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा शुक्रवार वेलुकि चोरी भएको छ । ठाकुर प्रधानमन्त्री निवासमा वैठकमा भएको बेला उनको निवासमा चोरी भएको थियो । उनको निवासमा उनको छोरी र काम गर्ने एक जना कामदार मात्रै घटनाको वखत थियो । तमलोपाका प्रवक्ता विमल श्रीवास्तवका अनुसार शुक्रवार साझ साढे सात वजेको आसपासमा एक जना नकाब लगाएको व्यक्तिले उनको घरमा झिरेर ठाकुर बोक्ने कालो सुटकेस  लिएर भागेका थिए । घरवाट सुटकेस लिएस उक्त नाकाववाला व्यक्रिले तल झर्न लाग्दा ठाकुरको छोरी डा मिनाक्षी ठाकुर प्रतिकारमा उत्रेकी थिइन । प्रतिकारमा उत्रेको उनको छोरी माथी छुरा प्रहार भएको र त्यसको उनी धाइते भएकी छिन ।

Thursday, September 8, 2016

सत्तारुढ गठवन्धनको संशोधन प्रस्ताव प्रति मधेशी मोर्चा असन्तुष्ट ।

काग्रेस-माओवादी गठवन्धनले संविद्यान संशोधनका लागी दर्ता गराउने प्रस्तावको तयारी स्वरुप तयार  पारेको खाका प्रति आन्दोलनरत मधेशी पार्टीहरु असन्तुष्ट देखिएका छन । आन्दोलनरत मोर्चा सम्बद्ध उच्च स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमण पुर्व नै सदनमा दर्ता गराउन आतुर देखिएको सत्तारुढ पक्षको संशोधन खाका अपुर्ण भन्दै मधेशी मोर्चाका शिर्ष नेताहरु असन्तुष्ट देखिएका हुन । मोर्चा सम्बद्ध स्रोतको बुझाईमा प्रधानमन्त्री निर्वाचनताका काग्रेस-माओवादी शिर्ष नेताहरुले गरेको वाचा भन्दा फरक ढगले संधोधन खाका बनेको छ । हिजो वुधवार सरकारका एक जना प्रभावशाली उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलहरुले बनाएको संधोशन खाका लिएर तमलोपा अध्यक्ष महन्थ ठाकुर काहा पुगेका थिए । ठाकुर निकट स्रोतका अनुसार ठाकुरले निधिले ल्याएको सत्तारुढ गठवन्धनको खाका प्रति पुर्ण रुपमा समर्थन गर्न नसकिने जवाफ दिएका थिए । सम्बद्ध स्रोतका अनुसार सत्तारुढ गठवन्धन ४ ओटा बुदा त्यो पनि मोर्चा भएको छलफल भन्दा धेरै फरक देखिएको छ । पछिल्लो समयमा संविद्यान संशोधनको सन्दर्भमा सत्तारुढ गठवन्धन र मोर्चाका केहि प्रमुख शिर्ष नेताहरु विच धनिभुत अनौपचारिक छलफलहरु चलेको थियो । 

Tuesday, September 6, 2016

आन्तरिक सकसमा आन्दोलनकारीहरु ।

गएको आइतवार मधेशी मोर्चाले गरेको निर्णय र आन्दोलनकरीहरु कै अर्का संघिय गठवन्धनले गरेको निर्णय पश्चात पुन आन्दोलनकारीहरु आन्तरिक सकसमा फसेको छ । गठवन्धनले बनाएको संविद्यान संशोधन सम्बन्धी कार्यदल पश्चात मुख्य गरी मोर्चा पक्षधर केहि मधेशी पार्टीहरु असन्तुष्ट देखिएका छन ।  मोर्चा पक्षधर आन्दोलनकारीहरुको बुझाईमा गठवन्धनको नाउमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफनो नेतृत्व सवै भन्दा माथी भएको स्थापित गर्न खोजेका छन भने यादव पक्षधर समुहको बुझाईमा तमलोपा अध्यक्ष अध्यक्ष महन्थ ठाकुरको वुई चढेर केहि मधेशी नेताहरु शक्तिशाली बन्न खोज्दै छन । आन्दोलनकारी समुहका भित्रियाहरुको बुझाईमा मधेशी पार्टीहरुमा देखिएको यो समस्याको मुख्य कारण साखको टकराव हो । पहिलो मधेश आन्दोलन पश्चातमा उदाएका उपेन्द्र यादव अन्य प्रमुख भनिएका खासगरी तमलोपा अध्यक्ष र सदभावना अध्यक्ष राजेन्द्र महतोलाई क्रस नगरे सम्म आफनो नेतृत्व माथी हुन नसक्ने आकंलन गरेको देखिन्छ ।

Monday, September 5, 2016

कार्यदल वारेमा मलाई कुनै जानकारी छैन - लक्ष्मणलाल कर्ण ।

संघिय गठवन्धनले संविद्यान संशोधनको लागी कार्यदल बनाएको समाचार प्रति सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले आश्चर्य व्यक्त गरेका छन । सोमवार एक्कासी समाचारहरुमा कार्यदल र आफु संयोजक भएको वारेमा समाचार देखे पछि नेता कर्ण आश्चर्यकित भएको बताए । यस्तो बैठकहरुमा सदभावना पार्टीको तर्फवाट सहभागी हुने जिम्मा पाएको पार्टी महासचिव मनिष सुमनलाई मैलै फोन गरेर यसवारेमा सोधे, कर्णले दलान संग भने, सुमनले समेत उक्त बैठकको वारेमा आफुहरुलाइृ कुनै जानकारी नै नभएको जानकारी आफुलाई गराएको छ । नेता कर्ण हिजो आइतवारै काठमाडौ वाट विरगंज आफु पुगेको बताए । गठवन्धनको आइतवार बसेको बैठकले संविद्यान संशोधनको सन्दर्भमा सदभावना नेता कर्णको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको समाचार आएको थियो ।

Sunday, September 4, 2016

३ असोजलाई कलो दिवसको रुपमा मनाउने मधेशी मोर्चाको औपचारिक निर्णय ।

सत्तारुढ गठवन्धनले ३ असोजलाइ संविद्यान दिवसको रुपमा मनाउने भव्य तयारी गरीरहदा आन्दोलनरत मधेशी मोर्चा उक्त दिनलाई कालो दिनको रुपमा मनाउने औपचारिक निर्णय आइतवार गरेको छ । यस अघि पनि मोर्चाको बैठकमा यो कुरा उठे पनि मोर्चाले औपचारिक तहमै निर्णय चाही गरेको थिएन । आइतवार बसेको मधेशी मोर्चाको सचिवालय बैठकले औपचारिक रुपमै ३ असोजलाई कालो दिन मनाउने निर्णय गर्दै उक्त दिन साझ आधा घण्टा ब्लायक आउट समेत गर्ने भनेको छ । गत बर्ष ३ असोजमा संविद्याँन जारी हुदा मोर्चाकै निर्णय अनुसार तराई मधेशमा ब्लायक आउट गरिएको थियो । आइतवार बसेको मोर्चा सचिवालय बैठकले गत बर्ष संविद्यान विरुद्धमा ६ महिना भन्दा लामो समय सम्म चलेको मधेश आन्दोलनको क्रममा मारिएका सहिदहरु प्रति श्रदान्जली व्यक्त गर्न विभिन्न सभाहरु समेत गर्ने निर्णय गरेको छ ।

Friday, September 2, 2016

मधेशी मोर्चाद्धारा गृहसचिव समकक्ष मुद्धा फिर्ताको विवरण पेश ।

मधेशी मोर्चाले शुक्रवार गृहसचिवलाई भेटेर मधेश आन्दोलनताका लगाइएका मुद्धाहरु फिर्ता गर्नेहरुको नामावली बुझाएका छन । मोर्चाको सचिवालयले सवै जिल्लाहरु वाट तथ्यांक संकलन गरेर शुक्रवार आन्दोलताका ४ सय ९१ जना माथी मुद्धा विभिन्न मुद्धा लगाइएको विवरण गृहसचिवलाई उपल्बध गराएको छ । यस अघि मोर्चा संग सतारुढ गठवन्धनले तीन बुदे सहमती गरे पछि गृहमन्त्रालयले मुद्धा फिर्ता सम्बन्धी संकलन गरेको तथ्यांक ३ सय ९१ जनाको थियो । आन्द्योलनको क्रममा लगाइएको मुद्धा फिर्ता प्रति सुरक्षा निकायहरुले गम्भिर आपत्ति जनाएको समाचारहरु प्रकाशित भएको थियो । गृहमन्त्रालयले संकलन गरेको मुद्धा फिर्ता सम्बन्धी तथ्यांक प्रति मोर्चाले आपत्ति जनाएका थिए ।