Tuesday, August 30, 2016

संविद्यान संशोधनको खाका प्रधानमन्त्री प्रचण्डलाई दिएको उपेन्द्र यादवको भनाई ।

संविद्यान संशोधनको विषयमा विभिन्न अडकल र वहसहरु चलीरहदा एक शिर्ष मधेशी नेताले आफुले प्रधानमन्त्री प्रचण्डलाई संधोशनको मुद्धाहरु दिएको बताएका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार धरानमा पार्टीको नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्ड सरकारले ३ बुदे सहमतीको वेला गरेको वाचा अनुसार काम नगरेको भन्दै वर्तमान सरकारको आलोचना गरेका थिए ।


यादवले ३ बुदे सहमती अनुरुप आफुले संविद्यान संशोधानका लागी प्रधानमन्त्रीलाई संशो्धन गर्ने मुद्धाहरु पछिल्लो चरणमा भएको अनौपचारिक वार्ताको क्रममा बुझाएको तर सरकारी पक्षवाट अहिले सम्म कुनै ठोस कदम नचालिएको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो हप्ता मात्रै फोरम नेपालका अध्यक्ष यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो सहितका शिर्ष मधेशी नेताहरु संग अनौपचारिक तहका संवादहरु गरेका थिए ।

No comments:

Post a Comment