Sunday, August 28, 2016

मधेशी मोचाद्धारा गृहमन्त्रीको ध्यानाकर्षण ।

गृहमन्त्री निधिसंग मोर्चाका नेताहरु छलफल गर्दै । फाइल फोटो
सत्तारुढ गठवन्धन संग भएको तीन बुदे सहमतीको पुर्ण कार्यन्वयनका लागी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतवार गृहमन्त्री विमलेन्द्र निधिको ध्यानाकर्षण गराएको छ । मोर्चाले तीन बुदे सहमती अनुरुप सहिद घोषणाको नमावली, धाइतेको खर्च विवरण र मुद्धा फिर्ताको संख्या गृहमन्त्रीलाई बुझाएका थिए । तर केहि हप्ता अगाडी गृहमन्त्रालयको सिफरिसमा मन्त्रीपरिषदले ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । मोर्चाले ६८ जनलाई सहिद घोषणा गर्नु पर्ने नामावली बुझाएका थिए । मोर्चाले बुझाएको नामावलली अनुसार पुर्ण रुपमा सहिद घोषणा गर्न नसकिने र मुद्धा फिर्तामा गृहमन्त्रालयको गम्भिर चासो प्रगट भए पछि मधेशी मोर्चाले अघिल्लो हप्ता यस विषयलाई मिलाउनका लागी तीन सदस्यीय कार्यदल बनाएका थिए । फोरम नेपालका लालबाबु राउत, तमसपाका रामनरेश राय र सदभावना नेता मनिष सुमन सम्मलीत उक्त कार्यदलले त्यही अनुरुप आइतवार गृहमन्त्रीसंग त्यसवारेमा छलफल गरेका छन ।


मोर्चा कार्यदल सदस्य रामनरेश रायका अनुसार आन्दोलनरत पक्षले तीन बुदे सहमती अनुरुप मोर्चाले सहिद घोषणाका लागी बुझाएको पुर्ण विवरण अनुुसार सहिद घोषणा, मुद्धा फिर्ताको प्रक्रिया र धाइतेको उपचार खर्चको मामलालाई तत्काल सल्टाउन गृहमन्त्रीको ध्यनाकर्षण गराएका थिए । राय भन्छन, गृृहमन्त्रलाय र मधेशी मोर्चाले संकलन गरेको तथ्याकमा र बुझाई समेत केहि फरक देखिए पछि मोर्चाले पछिल्लो समयमा कार्यदल मार्फत त्यसलाई सल्टाउन प्रयास गरीरहेको छ ।
 
गृहले खासगरी मुद्धा फिर्ताप्रति गम्भिर चासो देखाएको समाचारहरु आएको थियो । साथै मोर्चाले बुझाएको सवै नामवली अनुसार सहिद घोषणा गर्न अप्ठयारो भएको जवाफ समेत गृहले दिए पछि आन्दोलनरत पक्ष संशकित बनेको थियो ।
 
मोर्चा स्रोतका अनुसार गृहमन्त्रालयले मुद्धा फिर्ताका लागी संकलन गरेको तीन सय ९४ जनाको नामावली संख्या प्रति मोर्चा असन्तुष्ट देखिएका छन । मोर्चा स्रोतका अनुसार मोर्चाको सचिवालयले संकलन गरीरहेको उक्त विवरण अनुसार मुद्धा फिर्ता गर्नेको संख्या १ हजार नाध्ने सम्भावना छ । मोर्चाको सचिवालय सदस्यहरु भन्छन, गृहमन्त्री निधिलाई आइतवार समेत यसवारेमा जानकारी गराउदै मोर्चाको सचिवालयले एक दुई दिन भित्रै त्यसको अन्तिम टुगो लगाएर उक्त विवरण विस्तृत रुपमा बुझाउने भनेका छन । हामीले एक दुई दिन भित्रै मुद्धा फिर्ता गर्नेको विस्तृत विवरणको अन्तिम टुगो लगाउदै छौ, मोर्चाका सचिवालय नेताहरु भन्छन, त्यस पछि पुन गृहमन्त्री निधिलाई भेटेर त्यो बुझाउने छौ । गृहमन्त्रालयले पछिल्लो मधेश आन्दोलनको क्रममा ३ सय ९४ माथी मुद्धा लगाएको विवरण सार्वजनिक गर्दै उक्त मुद्धा फिर्ता प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
 
मोर्चा सम्बद्ध स्रोतका अनुसार गृहप्रशासनले मुद्धा फिर्ता प्रति देखाएको असन्तुष्टि वारेमा समेत गृहमन्त्री निधि संग मोर्चाका कार्यदलले आइतवार छलफल गरेका छन ।

No comments:

Post a Comment