Thursday, August 25, 2016

संविद्यान संशोधनको सन्दर्भमा मधेशी मोर्चा र सत्ता पक्ष विच अनौपचारिक संवाद तीव्र ।


संविद्यान संशोधनको माग गर्दै आइरहेको मधेशी मोर्चा संग सत्तारुढ गठवन्धनले त्यसका लागी पछिल्लो समयमा अनौपचारिक संवाद तीव्र बनाएको मोर्चा सम्बद्ध स्रोतको भनाई छ । सतारुढ गठवन्धनको तर्फवाट मुख्यगरी प्रधानमन्त्री प्रचण्ड र काग्रेस नेता विमलेन्द्र निधि यस्ता अनौपचारिक संवाद गरीरहेको मोर्चाका नेताहरुको कथन छ । मोर्चा सम्बद्ध स्रोतका अनुसार अघिल्लो हप्ताको सुरु देखि यो हप्ताको आज सम्ममा प्रधानमन्त्री प्रचण्डले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरदसिंह भण्डारी सग यसवारेमा छुटाछुटै छलफल गरेका छन । मोर्चाका एक शिर्ष नेताको भनाईमा प्रधानमन्त्री प्रचण्डले गरीरहेको यस्तो अनौपचारिक संवाद संविद्यान संशोधनको एजेन्डा र मोडालिटीमा केन्द्रित रहने गरेका छन । संसदका एक प्रमुख घटक नेकपा एमाले खुल्ला रुपमै संशोधनको विपक्षमा उभिने बताए पछि प्रधानमन्त्री प्रचण्डले मोर्चाका शिर्ष नेताहरु संग संशोधनको एजेन्डा संगै मोडालिटीको वारेमा समेत अनौपचारिक कुराकानी गरिरहेको बुझिइएको छ ।


प्रधानमन्त्री संगको अनौपचारिक संवाद एउटा तहमा पुगेकै कारण होला मोर्चाका एक  शिर्ष नेताको आकंलनमा अवको तीन देखि चार तीन भित्र औपचारिक संवादको प्रक्रिया सुरु हुदै छ । ती शिर्ष नेता भन्छन, मधेशी मोर्चा अवको औपचारिक वार्तामा कसरी प्रस्तुत हुने वारेमा हिजो वुधवार नै त्यही भएर बैठक गरेर आन्तरिक छलफल गरेका छन ।
 
मोर्चा सम्बद्ध स्रोतका अनुुसार प्रधानमन्त्रीको निर्वाचनको समयमा काग्रेस माओवादीले मोर्चा संग गरेको तीन वुदे सहमतीलाई आधार बनाएर भईरहेको छलफलहरु सतापक्षले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै मुर्त रुप दिन खोजेका छन ।
 
त्यही भएर होला प्रधानमन्त्रीको विशेष दुतको रुपमा दिल्ली उडनु अघि र फर्के पछि गृहमन्त्री विमलेन्द्र निधि तमलोपा अध्यक्ष महन्थ ठाकुर संग पटक पटक भेटवार्ता गरेका छन ।
 
यद्यपी मधेशी पार्टीहरु संशोधनको विद्येयक मोर्चाको मुद्धाहरुलाई सम्बोधन हुने गरी दर्ता नहुन्जेल सम्म पुर्ण विश्वास गर्न नसकिने अवस्थामा रहेको बताएका छन । बुधवारको मोर्चा बैठकमा प्रचण्ड संग अनौपचारिक कुरा गरेका शिर्ष नेताहरुले वार्ता प्रक्रिया प्रति सजगताको खाचो रहेको बताएको नेताहरुले बताएका छन । सहिद घोषणाको क्रममा सरकारी पक्षले मोर्चाको नामावलीलाई पुर्ण रुपमा स्विकार नगरे पछि र स्थानिय निकायको सन्दर्भमा सतारुढ दलहरु अघि वढे पछि मोर्चा भित्र संशयको वातावरण निर्माण भएको नेताहरुको भनाई छ । यद्यपी वुधवारकोृ मोर्चा बैठकमा तमलोपा अध्यक्ष ठाकुरले आफुले यसवारेमा गृहमन्त्री निधि संग कुरा गरेको र यसवारेमा गृहले देखाएको सरोकार वारे छलफल गर्न मोर्चाको तर्फ वाट तीन जना नेतालाई खटाउनु पर्ने बताएका थिए । ठाकुरकै उक्त भनाई पश्चात बैठकले तीन सदस्यीय कार्यदल बनाएका थिए ।

No comments:

Post a Comment