Wednesday, August 24, 2016

सरकारी पक्ष संग कुरा गर्न मधेशी मोर्चाको तीन सदस्यीय कार्यदल ।


प्रधानमन्त्री निर्वाचनताका काग्रेस मओवादी केन्द्र संग मधेशी मोर्चाले गरेको तीन बुदे सहमतीको सन्दर्भमा कुराकानी गर्न मोर्चाले वुधवार तीन सदस्यीय कार्यदल गठन गरेको छ । वुधवार बसेको मोर्चाको बैठकले तीन बुदे सहमती अनुरुप सरकारले सहिद घोषणा नगरेको र धाइतेको उपचार खर्च तथा मुद्धा फिर्तामा देखिएको समस्यालाई सल्टाउनका लागी गृहमन्त्राय संग समन्वय गरेर कुराकनी गर्न तीन सदस्यीय कार्यदल बनाएको मोर्चाले जनाएको छ । मोर्चाको तीन सदस्यीय कार्यदलमा तमसपाका रामनरेश राय, फोरम नेपालका लालबाबु राउत र सदभावनाका मनिष सुमन छन । यो तीन नेताले मोर्चाले बुझाएको ६८ जना मध्ये सहिद घोषणा गर्न बाकी रहेको १६ जना तथा धाइते उपचार खर्च र मुद्धा फिर्तामा गृहमन्त्रालयले देखाएको सरोकार वारेमा सरकारी पक्षसंग कुरा गर्ने छ ।

तमलोपाका महामन्त्री जंगीलाल रायका अनुसार यसको साथै मोर्चाले संविद्यान संशोधनको सन्दर्भ र प्रमुख दलहरुले स्थानिय निकायको वारेमा गरीरहेको कामको वारेमा समेत बैठकले छलफल गरेको थियो । स्थानिय निकायको सन्दर्भमा मोर्चाले यस अघि देखि नै राख्दै आएको अडानवाट पछि नहटने कुरा भएको तमलोपा महामन्त्री रायको भनाई छ ।

फोरम नेपालका नेता लालबाबु राउतका अनुसार सत्ता पक्ष संग संविद्यान संशोधनको वारेमा अव हुन सक्ने छलफलमा मोर्चा कसरी प्रस्तुत हुने वारेमा आन्तरिक छलफलहरु गर्ने  कुरा भएको छ । राउतका अनुसार मोर्चा सविद्यान संशोधनमा अन्तरिक संविद्यानको व्यवस्था अनुसार अगाडी वढनु पर्ने पुर्व शर्तलाई अगाडी वढाउने छ । यसको साथै आन्दोलनताका मोर्चाले अघि सारेको ११ बुदे र २६ बुदे मागलाई समेत प्राथमिकतामा राखेर एजेन्डामा छलफल गर्ने मनसायमा छ ।
 
बैठक स्रोतका अनुसार सरकारी पक्ष प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण भन्द्या पहिला नै संशोधनको एजेन्डा सदनमा पेश गर्ने मनसायमा देखिए पनि अहिले सम्म मोर्चां संग ठोस छलफलहरु चाही गर्न सकेका छैन । बैठक स्रोत भन्छन, यो विचमा प्रधानमन्त्री प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संग गरेको कुराकानी वारेमा समेत छलफल भएको छ ।
 
तमलोपाका महामन्त्री जंगीलाल रायका अनुसार सरकारी पक्ष मोर्चां संग वार्ता गरेर सहमतीमा संशोधन प्रस्ताव सदनमा पेश गरे मात्रै मोर्चाले त्यसलाई सघाउने छन । राय भन्छन, अन्यथा भारत भ्रमणकै लागी ओली जस्तो सदनमा एक्लौटी रुपमा संशोधन पेश भए मोर्चा त्यसको विपक्षमा उभिने छ ।

No comments:

Post a Comment