Tuesday, August 23, 2016

स्थानिय निकाय पुर्नसंरचना आयोग खारेज हुनु पर्ने पक्षमा मधेशी मोर्चा ।


स्थानिय निकायको पुर्नसंरचनाको सन्दर्भमा प्रमुख दलहरु विच वादविवाद र वहस चर्कदै गर्दा आन्दोलनरत मधेशी मोर्चाले हालको सवै काम स्थगीत गरेर नयां शिरावाट सहमती गरेर अघि वढनु पर्ने बताएका छन । हामी वर्तमानमा रहेको स्थानिय निकाय पुनंसंरचना आयोग खारेज हुनु पर्छ भन्ने पक्षमा छौ, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, सवै विषयमा सहमतीय प्याकेज गरेर त्यही अनुसार अघि वढनु पर्ने हुन्छ । पुर्ववर्ती  एमाले नेतृत्वको सरकारले स्थानिय निकायको निर्वाचनलाई लक्षित गरेर पुनंसंरचना आयोग गठन गरेका थिए ।  फोरम नेपालका अध्यक्ष यादवका प्रमुख दलहरुले स्थानिय निकायको सन्दर्भमा मधेशी पार्टीहरुलाई माइनस गरेर अघि वढे त्यसको विपक्षमा मधेशी मोर्चा उभ्ने छन । पछिल्लो समयमा काग्रेस, एमाले र माओवादी केन्द्रले स्थानिय निकायको वारेमा वहसहरु अगाडी वढाए पछि मधेशी मोर्चा संशकित भएको समाचारहरु आएका छन । फोरम नेपालका अध्यक्ष यादवले समेत त्यस कुरालाई घुमाउरो रुपमा पुष्टि गरे । यादव भन्छन, यस वारेमा हामी आन्दोलनरत पक्ष आन्तरिक रुपमा गम्भिर मन्थनमा छौ । आन्दोलनरत मधेशी पार्टीहरु संघियताको सिमाको टुगो नलगाई स्थानिय निकायको पुनंसंरचना हुन नसक्ने बताउदै आएका छन ।


मधेशी मोर्चा सम्बद्ध स्रोतका अनुसार काग्रेस माओवादीको नया सत्ता गठवन्धनले  प्रधानमन्त्री निर्वाचनताका मधेशी मोर्चा संग ढेड महिना भित्र सवै कुरामा सहमती गरेर संविद्यान संशोधनको प्याकेज सदनमा दर्ता गराउने वाचा गरेका थिए । तर तीन हप्ता वितिसक्दा र अव अर्को तीन हप्ता मात्रै वाकि रहदा सत्ता गठवन्धन सहमतीय प्याकेज भन्दा पनि स्थानिय निकायको मुद्धामा छुटै लागे पछि मधेशी मोर्चा यसवारेमा आफनो आन्तरिक रणनितीहरु अख्तियार गर्ने सुरसारमा छन । तीन वुदे सहमती अनुसार सरकारले मन्त्रीपरिषद वाट गर्न सक्ने कामहरु नै अहिले सम्म पुर्ण रुपमा हुन सकेन, मोर्चाका शिर्ष नेता भन्छन, यस्तो अवस्थामा अव हामी कसरी अगाडी वढने छौ वारेमा आन्तरिक कुराकानी भईरहेको छ । भोली वुधवार दिउसो मोर्चाको बैठक बस्दै छ । पहिलो चरणमा भोलीको मोर्चा बैठकले सरकारको तर्फवाट हुन सक्ने कामहरुको वारेमा कुरा उठाउने छ, रामसपाका महासचिव केशव झा भन्छन, यसको साथै पछिल्लो समयमा जोडतोडका साथ उठने गरेको स्थानिय निकायको वारेमा समेत गम्भिर छलफल गर्ने तरखरमा मोर्चा छ ।
 
मोर्चा उच्च स्रोतका अनुसार मधेशी मोर्चा संविद्यान संशोधनको मुद्धामा सहमती गरेर पहिला प्रतिनिधी सभाको निर्वाचन, त्यस पछि प्रदेशसभाको निर्वाचन र त्यस पश्चात मात्रै स्थानिय निकायको निर्वाचन हुनु पर्ने आफनो अडान सार्वजनिक गर्ने तयारीमा छ ।

No comments:

Post a Comment