Wednesday, August 17, 2016

मधेश आन्दोलनमा मारिएका ५१ जनालाई सरकारले सहिद घोषणा गर्दै ।

विगतमा भएको मधेश आन्दोलनताका सहिदहरुको फाइल फोटो
नया गठवन्धन सरकारले तेस्रो मधेश आन्दोलको क्रममा मारिएका ५१ लाई भोली विहिवार सहिद घोषणा गर्दै छन । यही हप्ताको सुरुमा आन्दोलनरत मधेशी मोर्चाले गृहमन्त्रीलाई ६८ जनालाई सहिद घोषणा गर्नु पर्ने नामावली बुझाएका थिए । सम्बद्ध स्रोतका अनुसार गृहमन्त्रालयले मधेशी मोर्चाले बुझाएको नामावली मध्ये ५१ जनालाई सहिद घोषणा गर्ने अन्तिम तयारी आज सकाएका छन । उच्च स्रोतका अनुसार भोली विहिवार बस्ने मन्त्रीपरिषदको बैठकवाट उक्त ५१ जनालाई सहिद घोषणा सरकारले गर्दै छन । त्यसैगरी प्रधानमन्त्रीको निर्वाचनताका मधेशी मोर्चा संग भएको सहमती अनुसार सरकारले भोली नै मधेश आन्दोलनको क्रममा भएको वल प्रयोगको छानविनका लागी उच्चस्तरीय छानविन  आयोग समेत बनाउदै छन । मधेशी मोर्चा संग गृहमन्त्रीले गरेको अनौपचारिक तहको छलफल अनुसार नै सरकारले पुर्वन्याधिश गिरिशचन्द्र लालको नेतृत्व उक्त आयोग बनाउन लागेको गृहमन्त्रालय सम्बद्ध स्रोतको भनाई छ ।


मधेशी मोर्चा सम्बद्ध स्रोतका अनुसार नयां सता गठवन्धनले आन्दोलनरत पक्षहरु संग गरेको तीन वुदे सहमती अनुरुप नै पहिलो चरणमा सरकारले मन्त्रीपरिषदवाट हुने कामहरु गर्न लागेका छन । गृहमन्त्रीले हालै मधेशी पार्टीहरु संग आन्दोलनको क्रममा लगाइएको मुद्धाहरु फिर्ताको सम्बद्धमा समेत छलफल गरेर गृहकार्य अगाडी वढाएको वताएका थिए । यसका लागी गृहमन्त्रीले मोर्चालाई समेत मुद्धा फिर्ता गर्नेहरुको नामावली संकलन गरेर गृहमन्त्रीलाई बुझाउन भनेका छन । गृहमन्त्रीको उक्त छलफल पश्चात मधेशी पार्टीहरुको सचिवालयले यो काम गरिरहेको मधेशी पार्टीहरुको भनाई छ ।
 
मुद्धा फिर्ताको निर्णय सरकारी पक्षवाट भए लगतै र भोली देखि हुन लागेको गृहमन्त्रीको भारत भ्रमण पश्चात संविद्यान संशोधनको प्रक्रिया र मुद्धाहरुको वारेमा समेत ठोस छलफल अगाडी वढने नेताहरुको भनाई छ । नयां सत्ता गठवन्धनको तर्फ वाट प्रधानमन्त्री बनेका प्रचण्डको विशेष दुतको रुपमा भोली देखि गृहमन्त्री विमलेन्द्र निधि चार दिने भारत भ्रमण गर्दै छन ।
 
संविद्यान प्रति असन्तुष्ट व्यक्त गर्दै आन्दोलनरत मधेशी पार्टीहरुले नयां संविद्यानमा संशोधनको माग गर्दै प्रमुख दलहरु समकक्ष ११ बुदे माग गत वर्ष पेश गरेका थिए । सवै भन्द्या वढी पेचिलो देखिएको संघियताको सिमाकंनलाई लिएर अझै पनि सवै पक्षमा संशय नै देखिएको वेला नया सत्ता गठवन्धन र मोर्चा विच हुने संविद्यान संशोधनको एजेन्डा माथीको छलफल प्रति सर्वत्र चासो देखिएका छन ।
 
मधेशी पार्टी सम्बद्ध एक शिर्ष नेताका अनुसार संघियताको सिमाकंनको सन्दर्भमा मोर्चा र नया सत्ता गठवन्धन विचमा अनौपचारिक तहमा छलफलहरु सुरु भए पनि अहिले नै कुनै ठोस निष्कर्ष निस्कीसकेको छैन । यद्यपी ती शिर्ष नेताका अनुसार पहिलो चरणमा नवलपरासी देखि वर्दीया सम्मको पश्चिमी तराईका जिल्लाहरुलाई पहाडवाट अलग गर्दै विवादित रहेका रहेका ५ ओटा जिल्लाहरु झापा, मोरड, सुनसरी र कैलाली कन्चनपुरलाई एउटा आयोग बनाए अघि वढने कुराकानी भईरहेको छ । मधेशी मोर्चाले विवादित ५ ओटा जिल्लाको सन्दर्भमा बन्ने आयोगको समयसिमा र टिओआर प्रष्ट हुनु पर्ने आफनो पुरानो अडानलाई दोह्याएका छन । अनौपचारिक तहमा हुने छलफलहरुमा सहहभागी नेताहरु भन्छन, ठोस रुपमा कसरी कुरा अगाडी वढछ, त्यसका लागी केहि समय अझै कुर्न पर्ने हुन्छ । यद्यपी गृहमन्त्री भारत भ्रमणवाट फर्के पछि मोर्चाको राजनितीक मुद्धाहरु वारेमा औपचारिक छलफलहरु सुरु हुदै छन ।

No comments:

Post a Comment