Monday, August 29, 2016

मुद्धा फिर्ताका लागी १ हजारको हाराहरीमा गृहमन्त्रीलाई नामावली बुझाउने तयारी गर्दै मधेशी मोर्चा ।

मधेश अन्दोलनको क्रममा लगाइएको मुद्धा फिर्ता प्रति गृह प्रशासनले गम्भिर असन्तुष्टि देखाइरदा मधेशी मोर्चाले १ हजार भन्दा वढी संख्याको नमावली गृहमन्त्रीलाइ बुझाउदै छन । गृहमन्त्रालय संकलन गरेको ३ सय ९४ जनाको नामावलीलाई मोर्चाले अधुरो भन्दै आइरहेका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार मंगलवार दिउसो मोर्चाले गृहमन्त्रीलाई मुद्धा फिर्ताको विस्तृत विवरण बुझाउन लागेका हुन । मोर्चाले गठन गरेको कार्यदलले आइतवार गृहमन्त्री विमलेन्द्र निधि संग गरेको छलफल अनुसार मंगलवार मोर्चाको सचिवालयले संकलन गरेको मुद्धा फिर्ताको विवरण बुझाउन लागीएको छ ।

गृहप्रशासनले टिकपुर, जलेश्वर सहित अन्य कयौन घटनाहरुमा मुछिएका मुद्धा फिर्ता प्रति गम्भिर असन्तुष्टि देखाइरहेका समाचारहरु आएको थियो । तर मोर्चाका नेताहरुका अनुसार गृहमन्त्री निधिले सवैलाई विधि पुर्याएर मुद्धा फिर्ता गर्ने आश्वासन मोर्चालाई दिएको छ ।

मोर्चाका नेताहरुका अनुसार गृहमन्त्री निधिले अदालतमा गईसकेको मुद्धाहरुलाई महान्याधिवक्ताको कार्यलय मार्फत विधि पुर्याएर मुद्धा फिर्ता गरिने छ भने विभिन्न मुद्धामा हाल पुर्पक्षका लागी कारागारमा रहेकाहरु पनि रिहा हुने छन । त्यसैगरी सार्वजनिक अपराध अन्र्तगत लगाइएको विभिन्न मुद्धाहरु समेत फिर्ता हुने छन ।
 
मधेशी मोर्चाको सचिवालयले सोमवार नै अन्तिम टुगो लगाउने भनेको मुद्धा फिर्ता सम्बन्धी विस्तृत विवरण भोली मंगलवार टुगो लग्ने नेताहरुले बताएका छन । त्यस पछि मंगलवार दिउसो नै गृहमन्त्रीलाई भेटेर मोर्चाका कार्यदलले उक्त नामावली सहितको विस्तृत विवरण बुझाउने छन ।

No comments:

Post a Comment