Thursday, August 18, 2016

मधेश आन्दोलनमा मारिएका ५२ जनालाई सरकारद्धारा सहिद घोषणा ।


पछिल्लो मधेश आन्दोलनको क्रममा मारिएका ५२ जनालाई सरकारले विहिवार सहिद घोषणा गरेको छ । ११ जना सुरक्षाकर्मी सहित ४१ जना मारिएका सर्वसाधारण नागरिकलाई विहिवारको मन्त्रीपरिषद बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको छ । सहिद घोषणा गरिएकाहरुको परिवारलाई अव नेपाल सरकारको तर्फवाट १० लाख रुपैया प्रदान गरिने छ । यसैगरी सरकारले पुर्वन्याधिश गिरिशचन्द्र लालको नेतृत्वमा मधेश आन्दोलनको क्रममा भएको घटनाहरुको छानविन गर्न आयोग समेत गठन गरेको छ । ७ सदस्यीय उक्त आयोगका अन्य सदस्यहरु पछि थपिने छन ।

मधेशी मोर्चाले यही हप्ताको सुरुमा गृहमन्त्रीलाई ६८ जनलाई सहिद घोषणा गर्नु पर्ने भन्दै नामावली बुझाएका थिए ।


No comments:

Post a Comment