Tuesday, August 30, 2016

संविद्यान संशोधनको खाका प्रधानमन्त्री प्रचण्डलाई दिएको उपेन्द्र यादवको भनाई ।

संविद्यान संशोधनको विषयमा विभिन्न अडकल र वहसहरु चलीरहदा एक शिर्ष मधेशी नेताले आफुले प्रधानमन्त्री प्रचण्डलाई संधोशनको मुद्धाहरु दिएको बताएका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलवार धरानमा पार्टीको नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्ड सरकारले ३ बुदे सहमतीको वेला गरेको वाचा अनुसार काम नगरेको भन्दै वर्तमान सरकारको आलोचना गरेका थिए ।

Monday, August 29, 2016

मुद्धा फिर्ताका लागी १ हजारको हाराहरीमा गृहमन्त्रीलाई नामावली बुझाउने तयारी गर्दै मधेशी मोर्चा ।

मधेश अन्दोलनको क्रममा लगाइएको मुद्धा फिर्ता प्रति गृह प्रशासनले गम्भिर असन्तुष्टि देखाइरदा मधेशी मोर्चाले १ हजार भन्दा वढी संख्याको नमावली गृहमन्त्रीलाइ बुझाउदै छन । गृहमन्त्रालय संकलन गरेको ३ सय ९४ जनाको नामावलीलाई मोर्चाले अधुरो भन्दै आइरहेका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार मंगलवार दिउसो मोर्चाले गृहमन्त्रीलाई मुद्धा फिर्ताको विस्तृत विवरण बुझाउन लागेका हुन । मोर्चाले गठन गरेको कार्यदलले आइतवार गृहमन्त्री विमलेन्द्र निधि संग गरेको छलफल अनुसार मंगलवार मोर्चाको सचिवालयले संकलन गरेको मुद्धा फिर्ताको विवरण बुझाउन लागीएको छ ।

Sunday, August 28, 2016

मधेशी मोचाद्धारा गृहमन्त्रीको ध्यानाकर्षण ।

गृहमन्त्री निधिसंग मोर्चाका नेताहरु छलफल गर्दै । फाइल फोटो
सत्तारुढ गठवन्धन संग भएको तीन बुदे सहमतीको पुर्ण कार्यन्वयनका लागी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतवार गृहमन्त्री विमलेन्द्र निधिको ध्यानाकर्षण गराएको छ । मोर्चाले तीन बुदे सहमती अनुरुप सहिद घोषणाको नमावली, धाइतेको खर्च विवरण र मुद्धा फिर्ताको संख्या गृहमन्त्रीलाई बुझाएका थिए । तर केहि हप्ता अगाडी गृहमन्त्रालयको सिफरिसमा मन्त्रीपरिषदले ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । मोर्चाले ६८ जनलाई सहिद घोषणा गर्नु पर्ने नामावली बुझाएका थिए । मोर्चाले बुझाएको नामावलली अनुसार पुर्ण रुपमा सहिद घोषणा गर्न नसकिने र मुद्धा फिर्तामा गृहमन्त्रालयको गम्भिर चासो प्रगट भए पछि मधेशी मोर्चाले अघिल्लो हप्ता यस विषयलाई मिलाउनका लागी तीन सदस्यीय कार्यदल बनाएका थिए । फोरम नेपालका लालबाबु राउत, तमसपाका रामनरेश राय र सदभावना नेता मनिष सुमन सम्मलीत उक्त कार्यदलले त्यही अनुरुप आइतवार गृहमन्त्रीसंग त्यसवारेमा छलफल गरेका छन ।

Thursday, August 25, 2016

संविद्यान संशोधनको सन्दर्भमा मधेशी मोर्चा र सत्ता पक्ष विच अनौपचारिक संवाद तीव्र ।


संविद्यान संशोधनको माग गर्दै आइरहेको मधेशी मोर्चा संग सत्तारुढ गठवन्धनले त्यसका लागी पछिल्लो समयमा अनौपचारिक संवाद तीव्र बनाएको मोर्चा सम्बद्ध स्रोतको भनाई छ । सतारुढ गठवन्धनको तर्फवाट मुख्यगरी प्रधानमन्त्री प्रचण्ड र काग्रेस नेता विमलेन्द्र निधि यस्ता अनौपचारिक संवाद गरीरहेको मोर्चाका नेताहरुको कथन छ । मोर्चा सम्बद्ध स्रोतका अनुसार अघिल्लो हप्ताको सुरु देखि यो हप्ताको आज सम्ममा प्रधानमन्त्री प्रचण्डले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरदसिंह भण्डारी सग यसवारेमा छुटाछुटै छलफल गरेका छन । मोर्चाका एक शिर्ष नेताको भनाईमा प्रधानमन्त्री प्रचण्डले गरीरहेको यस्तो अनौपचारिक संवाद संविद्यान संशोधनको एजेन्डा र मोडालिटीमा केन्द्रित रहने गरेका छन । संसदका एक प्रमुख घटक नेकपा एमाले खुल्ला रुपमै संशोधनको विपक्षमा उभिने बताए पछि प्रधानमन्त्री प्रचण्डले मोर्चाका शिर्ष नेताहरु संग संशोधनको एजेन्डा संगै मोडालिटीको वारेमा समेत अनौपचारिक कुराकानी गरिरहेको बुझिइएको छ ।

Wednesday, August 24, 2016

सरकारी पक्ष संग कुरा गर्न मधेशी मोर्चाको तीन सदस्यीय कार्यदल ।


प्रधानमन्त्री निर्वाचनताका काग्रेस मओवादी केन्द्र संग मधेशी मोर्चाले गरेको तीन बुदे सहमतीको सन्दर्भमा कुराकानी गर्न मोर्चाले वुधवार तीन सदस्यीय कार्यदल गठन गरेको छ । वुधवार बसेको मोर्चाको बैठकले तीन बुदे सहमती अनुरुप सरकारले सहिद घोषणा नगरेको र धाइतेको उपचार खर्च तथा मुद्धा फिर्तामा देखिएको समस्यालाई सल्टाउनका लागी गृहमन्त्राय संग समन्वय गरेर कुराकनी गर्न तीन सदस्यीय कार्यदल बनाएको मोर्चाले जनाएको छ । मोर्चाको तीन सदस्यीय कार्यदलमा तमसपाका रामनरेश राय, फोरम नेपालका लालबाबु राउत र सदभावनाका मनिष सुमन छन । यो तीन नेताले मोर्चाले बुझाएको ६८ जना मध्ये सहिद घोषणा गर्न बाकी रहेको १६ जना तथा धाइते उपचार खर्च र मुद्धा फिर्तामा गृहमन्त्रालयले देखाएको सरोकार वारेमा सरकारी पक्षसंग कुरा गर्ने छ ।

Tuesday, August 23, 2016

स्थानिय निकाय पुर्नसंरचना आयोग खारेज हुनु पर्ने पक्षमा मधेशी मोर्चा ।


स्थानिय निकायको पुर्नसंरचनाको सन्दर्भमा प्रमुख दलहरु विच वादविवाद र वहस चर्कदै गर्दा आन्दोलनरत मधेशी मोर्चाले हालको सवै काम स्थगीत गरेर नयां शिरावाट सहमती गरेर अघि वढनु पर्ने बताएका छन । हामी वर्तमानमा रहेको स्थानिय निकाय पुनंसंरचना आयोग खारेज हुनु पर्छ भन्ने पक्षमा छौ, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, सवै विषयमा सहमतीय प्याकेज गरेर त्यही अनुसार अघि वढनु पर्ने हुन्छ । पुर्ववर्ती  एमाले नेतृत्वको सरकारले स्थानिय निकायको निर्वाचनलाई लक्षित गरेर पुनंसंरचना आयोग गठन गरेका थिए ।  फोरम नेपालका अध्यक्ष यादवका प्रमुख दलहरुले स्थानिय निकायको सन्दर्भमा मधेशी पार्टीहरुलाई माइनस गरेर अघि वढे त्यसको विपक्षमा मधेशी मोर्चा उभ्ने छन । पछिल्लो समयमा काग्रेस, एमाले र माओवादी केन्द्रले स्थानिय निकायको वारेमा वहसहरु अगाडी वढाए पछि मधेशी मोर्चा संशकित भएको समाचारहरु आएका छन । फोरम नेपालका अध्यक्ष यादवले समेत त्यस कुरालाई घुमाउरो रुपमा पुष्टि गरे । यादव भन्छन, यस वारेमा हामी आन्दोलनरत पक्ष आन्तरिक रुपमा गम्भिर मन्थनमा छौ । आन्दोलनरत मधेशी पार्टीहरु संघियताको सिमाको टुगो नलगाई स्थानिय निकायको पुनंसंरचना हुन नसक्ने बताउदै आएका छन ।

Monday, August 22, 2016

मधेशी मोर्चाको सचिवालयद्धारा थप १६ जनालाई सहिद घोषणा गराउन माग ।

हालै सरकारले मधेश आन्दोलनको क्रममा मारिएका ५२ जनलाई घोषणा गरेको सहिदलाई मधेशी मोर्चाले अपुरो भन्दै थप १६ जनालाई सहिद घोषणा गर्नु पर्ने माग गरेको छ । आज सोमवार देखि सुरु भएको मोर्चा सचिवालय बैठकले हालैको मन्त्रीपरिषद बैठकले घोषणा गरेको सहिद सम्बन्धी निर्णयले आन्दोलनको क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा नगरेको भन्दै यस सम्बन्धमा गृहमन्त्रीलाई पुन ध्यानाकर्षण समेत गराउने निष्कर्ष निकालेको छ । सोमवार बसेको मोर्चाको सचिवालय बैठकले सत्तारुढ गठवन्धन संग भएको तीन वुदे सहमती अनुरुप नै मोर्चाले सहिद घोषणा गर्नका लागी ६८ जनाको नामावली बुझाए पनि सरकारले ५२ जनाको मात्रै घोषणा गरेको भन्दै यस सम्बन्धमा गृहमन्त्रीलाई पुन जानकारी गराउने भनेको छ । यसको साथै आन्दोलनताका धाइते भएकाहरुलाई अस्पतालको विल अनुसार अहिले सम्म उपचार खर्च सरकारले उपलब्ध नगराएको भन्द्यै यस सम्बन्धीमा समेत मोर्चाको शिर्ष तहवाटै कुरा पुन गर्नु पर्ने भने्को छ ।

Thursday, August 18, 2016

मधेश आन्दोलनमा मारिएका ५२ जनालाई सरकारद्धारा सहिद घोषणा ।


पछिल्लो मधेश आन्दोलनको क्रममा मारिएका ५२ जनालाई सरकारले विहिवार सहिद घोषणा गरेको छ । ११ जना सुरक्षाकर्मी सहित ४१ जना मारिएका सर्वसाधारण नागरिकलाई विहिवारको मन्त्रीपरिषद बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको छ । सहिद घोषणा गरिएकाहरुको परिवारलाई अव नेपाल सरकारको तर्फवाट १० लाख रुपैया प्रदान गरिने छ । यसैगरी सरकारले पुर्वन्याधिश गिरिशचन्द्र लालको नेतृत्वमा मधेश आन्दोलनको क्रममा भएको घटनाहरुको छानविन गर्न आयोग समेत गठन गरेको छ । ७ सदस्यीय उक्त आयोगका अन्य सदस्यहरु पछि थपिने छन ।

Wednesday, August 17, 2016

मधेश आन्दोलनमा मारिएका ५१ जनालाई सरकारले सहिद घोषणा गर्दै ।

विगतमा भएको मधेश आन्दोलनताका सहिदहरुको फाइल फोटो
नया गठवन्धन सरकारले तेस्रो मधेश आन्दोलको क्रममा मारिएका ५१ लाई भोली विहिवार सहिद घोषणा गर्दै छन । यही हप्ताको सुरुमा आन्दोलनरत मधेशी मोर्चाले गृहमन्त्रीलाई ६८ जनालाई सहिद घोषणा गर्नु पर्ने नामावली बुझाएका थिए । सम्बद्ध स्रोतका अनुसार गृहमन्त्रालयले मधेशी मोर्चाले बुझाएको नामावली मध्ये ५१ जनालाई सहिद घोषणा गर्ने अन्तिम तयारी आज सकाएका छन । उच्च स्रोतका अनुसार भोली विहिवार बस्ने मन्त्रीपरिषदको बैठकवाट उक्त ५१ जनालाई सहिद घोषणा सरकारले गर्दै छन । त्यसैगरी प्रधानमन्त्रीको निर्वाचनताका मधेशी मोर्चा संग भएको सहमती अनुसार सरकारले भोली नै मधेश आन्दोलनको क्रममा भएको वल प्रयोगको छानविनका लागी उच्चस्तरीय छानविन  आयोग समेत बनाउदै छन । मधेशी मोर्चा संग गृहमन्त्रीले गरेको अनौपचारिक तहको छलफल अनुसार नै सरकारले पुर्वन्याधिश गिरिशचन्द्र लालको नेतृत्व उक्त आयोग बनाउन लागेको गृहमन्त्रालय सम्बद्ध स्रोतको भनाई छ ।