
माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेर बहादुर देउवाले लिखित रुपमै मधेशी मोर्चालाई सम्बोधन गरेर नयां सरकारमा सहभागी हुनका लागी आग्रह गरेको अवस्था र नयां गठवन्धन निर्माणताका घोषणा गरिएको ७ वुदेमा पहिलो नम्बरमै संविद्यान संशोधन गरेर आन्दोलनरत मधेशी पार्टीहरुको मुद्धालाई सम्बोधन गर्ने कुरालाई कतिपय राजनितीक भित्रियाहरु महत्वपुर्ण रुपमा अर्थायाउछन ।
यद्यपी सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णको विश्लेषणमा मधेशी पार्टीहरु तत्कालै सरकारमा सहभागी हुने अवस्था अहिले नै छैन । कर्ण भन्छन, काग्रेस माओवादीले आन्दोलनरत पक्षको मुद्धामा सहमतीको गरेको अण्डमा हामीले नयां सरकारलाई समर्थन सम्म दिने छौ । उनका अनुसार सहमती भएको कुरा संविद्यान संशोधन मार्फत अघि वढेको खण्डमा मात्रै सरकारमा सहभागीताको वारेमा मधेशी पार्टीहरु सोच्ने छन । यद्यपी नयां गठवन्धन गम्भिरताका साथ आन्दोलनरत पक्षहरु संग कुराकुानी गरेर सहमती गर्न तत्परता देखाए मधेशी पार्टीहरु नया सरकारलाई समर्थन सम्म दिन सक्छ ।
प्रमुख तीन ओटौ पार्टीहरु नयां संविद्यान निर्माणको प्रक्रियामा मधेशी पार्टीहरुको सरोकारलाई वेवास्ता गरेर अघि वढ संगै मधेशी पार्टीहरु आन्दोलनमा होमिएका थिए । मधेशी पार्टीहरुका विरोधका वावजुद प्रमुख दलहरु गत वर्ष नयां संविद्यान जारी गर्न पुगे । जसको विरोधमा तराई मधेशमा ६ महिना लामो बन्द हडताल सहितको आन्दनेलन चल्यो । अहिले पनि मधेशी पार्टीहरु आदीवासी जनजातीहरु संग वृहत गठवन्धन बनाएर आन्दोलनामै छन ।
No comments:
Post a Comment