
मधेशी पार्टीहरुसम्बद्ध स्रोतका अनुसार आन्दोलन मधेशी मोर्चाले अघि सारेको ११ बुदे मागको वारेमा कसरी सहमतीमा पुग्ने वारेमा दुवै पक्षहरु विच अनौपचारिक तहमा संवाद चलीरहेको छ । शुक्रवार विहान भएको यी दुई घटकहरुको वैठकमा समेत त्यस वारेमा समान्य चर्चा चलेको बैठकमा सहभागी नेताहरुको भनाई छ । यद्यपी शुक्रवारको बैठक मुख्य रुपमा संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई कसरी अगाडी वढाउनेमा केन्द्रित थियो । यद्यपी बैठकमा अविश्वास प्रस्ताव पारित भए लगतै मोर्चाको मुद्धाको वारेमा कसरी सहमती गर्ने वारेमा औपचारिक कुराकानी गर्ने कुरा भएको थियो । त्यही भएर होला काग्रेस नेता विमलेन्द्र निघिले पत्रकारहरुको उक्त बैठक पश्चात अविश्वासको प्रस्तावमा सघाउने मधेशी पार्टीहरु नयां सरकार गठनमा समेत सहभागी हुने विश्वास व्यक्त गरेका थिए ।
यद्यपी शुक्रवारको बैठकमा समेत मधेशी नेताहरुले आफुहरुको मुद्धा सम्बोधन वारेमा ठोस सहमती नभए आफुहरु सरकार निर्माणको प्रक्रियामा सहभागी नहुने बताएका थिए ।
शुक्रवारको काग्रेस माओवादी संगको मोर्चाको बैठकमा सहभागी फोरम गणतान्त्रिकका अध्यक्ष राज किशोर यादव भन्छन, अहिले नै ढुक्कका साथ भन्न सकिने अवस्था आएको छैन, यद्यपी काग्रेस माओवादीले अविश्वासको प्रस्ताव पारित भए पछि पुन बैठक गरेर त्यस वारेमा कुराकानी अगाडी वढाउन भनेका छन । यादवका अनुसार आन्दोलनरत पक्षहरुले ओली हटे पछि अहिले भन्दा अवस्था केहि सहज हुने विश्वास मोर्चाका नेताहरुले लिएका छन । उनी भन्छन, यद्यपी हामी ढुक्क छैनौ । उहाहरु कसरी प्रस्तुत हुने छ, त्यो सवै त्यसमै भर पर्ने छ, यादव भन्छन ।
No comments:
Post a Comment