Wednesday, July 20, 2016

संघिय गठवन्धनद्धारा काठमाडौमा अन्तक्रिया ।

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले वुधवार काठमाडौमा बृहत अन्तक्रिया कार्यक्रमको आयोजना गरेका छन । वर्तमान राजनितीक परिस्थती तथा निकास विषयक बृहत अन्तक्रिया भनिएको कार्यक्रमलाई आन्दोलनरत गठवन्धनका नेताहरुका साथै नागरिक अगुवाहरुले सम्बोधन गरेका थिए । दुइ दिन अगाडी मात्रै गठवन्धनको बैठकले काठमाडौवाट सुरु गरेर यस्ता बृहत अन्तक्रिया कार्यक्रमहरु तराई मधेशका पुर्व देखि पश्चिम सम्मका राजमार्ग क्षेत्रहरुमा १० ओटा ठाउमा गर्ने निर्णय गरेको थियो । गठवन्धनले आज काठमाडौ वाट सुरु गरेको यस्तो अन्तक्रिया कार्यक्रमहरु अव कैलालीको धनगढी, दागको घोराही, रुपन्देहीको वुटवल, मकवानपुरको हेटौडा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको वर्दीवास, सुनसरीको इटहरी हुदै मोरडको विराटनगरमा गएर समपन्न हुनेछ ।


वुधवार काठमाडौमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा गठवन्धनका तर्फवाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल र कुमार लिडदेनले सम्बोधन गरेका थिए भने नागरिक अगुवाहरुको तर्फवाट पुर्व निर्वाचन प्रमुख आयुक्त भोजराज पोखरेल, सुन्दरमणी दिक्षीत, कृष्ण हाछेतु सहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।
 
पुर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले मधेशी आदीवासी जनजातीहरुको संघर्ष न्याय र समानताका लागी भएको भन्दै यसमा आफनो पुर्ण समर्थन रहेको बताएका थिए । पोखरेल यस्ता संघर्षहरु विश्व भरी नै लामो लडाई पश्चात मात्रै सफल भएको भन्दै सचेत भएर आन्दोलनकारीहरुलाई अघि वढनका लागी सुझाएका थिए । पोखरेलले प्राप्त उपल्बधीलाई रक्षा गर्दै बाकी अधिकारका लागी लडाईलाई थप व्यवस्थीत बनाउन आन्दोलनकारीहरुलाई आग्रह गरेका थिए ।
 
अर्का नागरिक अगुवा सुन्दरमणी दिक्षीतले आन्दोलनरत पक्षहरुको एकतामा जोड दिएका थिए । दिक्षितले नेपालको वास्तीक आधार मधेशी, जनजाती, आदीवासीहरु नै भएको भन्दै उनीहरुले भन्दै आएको पहिचानको आधारमा संघियतानै नेपालको अवको निर्माण आधार हुने बताए । अव नेपाल बन्ने भनेकै प्रदेशहरु वाट नै हो, दिक्षितले भने, त्यसैले आन्दोलनकारीहरुलाई प्रदेशलाई वलियो गरी निर्माण गर्न अडिग रहनु पर्छ ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै गठवन्धनका नेताहरु उपेन्द्र यादव, वृषेशचन्द्र लाल र कुमार लिडदेनले गठवन्धनले सुरु गरेका अन्तक्रिया कार्यक्रमहरु भविष्यमा हुने निर्णयक आन्दोलनको तयारी स्वरुप गरिएको बताएका थिए ।

No comments:

Post a Comment