Monday, July 18, 2016

राजमार्ग केन्द्रित बृहत अन्तक्रिया गर्ने संघिय गठवन्धनको निर्णय ।

मधेशी मोर्चा सहितको संघिय गठवन्धनले पुर्वी तराई मधेश देखि पश्चिम तराई मधेशको राजमार्ग क्षेत्रहरुमा पर्ने विभिन्न ठाउहरुमा वृहत अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय सोमवार सार्वजनिक गरेका छन । हिजो आइतवार देखि सुरु भएको आन्दोलनरत गठवन्धनको बैठकले सोमवार गरेको निर्णय अनुसार काठमाडौ वाट सुरु हुने गठवन्धनको वृहत अन्र्तक्रिया तराई मधेश मधेशका पहाडी बस्ती वाहुल्य राजमार्ग क्षेत्रहरुमा केन्द्रित रहने छन । आउदो ५ गते काठमाडौमा अन्र्तक्रिया कार्यक्रमको शुभारम्भ गरेर गठवन्धनले पश्चिमको धनगढी, घोराही, वुटवल, हेटौडा, चन्द्रनिगाहपुर, वर्दीवास, इटहरी, विर्तामोड र विराटनगरमा आन्दोलनको वारेमा बृहत अन्र्तक्रिया कार्यक्रम गर्ने जनाएको छ । सोमवारको गठवन्धनको बैठक पश्चात प्रवक्ता ओम गुरुडद्धारा जारी गरिएको विज्ञप्तिमा उक्त निर्णय उल्लेख गरिएको छ । नयां सविद्यानको विरुद्धमा मधेशमा आन्दोलन उठदा आन्दोलनरत मधेशी मोर्चाले राजमार्ग क्षेत्रमा विरोधसभा र धर्ना कार्यक्रम गर्दा दाहोरो तानवको वातावरण उत्पन्न भए पछि मधेशी मोर्चाले राजमार्ग केन्द्रित आन्दोलनवाट पछि हटेको थियो ।


गत वर्ष दशै तिहार लगतै मोर्चाले पुर्व पश्चिम राजमार्गलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु घोषणा गरेका थिए । तर इटहरी र सर्लाहीमा झडप भएर तनाव उत्पन्न भए पछि मधेशी मोर्चाले राजमार्ग केन्द्रित आन्दा्ेलन स्थगीत गरेका थिए । इटहरीमा मोर्चाले विरोधसभाका लागी बनाएको मन्च नै जलाइएको थियो भने सर्लाहीको फुलजोर राजमार्ग क्षेत्रमा मध्ेशी मोर्चा धर्नामा बस्न जादा आन्दोलनकारीहरु माथी आक्रमणको प्रयास भएको थियो । त्यस संगै सर्लाहीकै राजमार्ग क्षेत्रमै पर्ने नवलपुरमा मोर्चाले आयोजना गरेको सभामा गोली चलेको थियो । त्यस पछि मधेशी मोर्चाले चन्द्रनिगाहपुर, पथलैया सहित पश्चिमको राजमार्ग क्षेत्रका लागी घोषणा गरेका कार्यक्रमहरु स्थगीत गरेका थिए । 

सोमवार बसेको गठवन्धन बैठकले सार्वजनिक गरेको आन्दोलनकारीहरुको पछिल्लो निर्णय अनुसार आउदो ५ गते काठमाडौमा हुने अन्र्तक्रिया पश्चात साउन १७ मा कैलालीको धनगढी, २२ गते दागको घोराही, २५ गते रुपन्देहिको वुटवल, ३२ गते हेटौडा, भदौ ४ मा चन्द्रनिगाहपुर, ११ गते वर्दीवास,१७ गते इटहरी, २२ गते विर्तामोड र भदौ २८ मा विराटनगरमा बृहत अन्तक्रियाहरु आयोजना हुने छ ।

यसको साथै गठवन्धनको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा संसदमा पे्श भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने समेत निर्याय गरेको छ । गठवन्धनले आफुहरुको मुद्धा सम्बोधन नहुन्जेल सम्म सरकारमा सहभागी नहुने तर वर्तमान सरकार खसाल्न सहयोग र समर्थन गर्ने निती लिएको जनाएको छ । 

No comments:

Post a Comment