Sunday, July 17, 2016

देउवा र प्रचण्डद्धारा मधेशी मोर्चालाई सरकारमा सहभागी हुन लिखित पत्राचार गरेको तमलोपा अध्यक्ष ठाकुरको भनाई ।

गएको शुक्रवार विरगंजमा आयोजित कार्यक्रममा तमलोपा अध्यक्ष ठाकुर
नयां सरकार गठनका लागी हालै निर्माण भएको काग्रेस/माओवादी गठवन्धनले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई नया गठन हुने सरकारमा सहभागी हुनका लागी लिखित पत्राचार गरेको छ । मधेशी मोर्चाका एक प्रमुख घटक तथा आन्दोलनरत पक्षका एक शिर्ष नेता तमलोपा अध्यक्ष महन्थ ठाकुरले नयां गठवन्धनका दुई प्रमुख नेता माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेरबहादुर देउवालले सरकारमा सहभागी हुनका लागी लिखित पत्राचार गरेको बताएका छन । शुक्रवार विरगंजमा तमलोपा निकट एक संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले यस्तो बताएको विरगंज स्थित स्थानिय केहि संचारमाध्यमहरुले उल्लेख गरेका छन । ठाकुरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र देउवाले आन्दोलनरत मोर्चालाई सरकारमा सहभागी हुन लिखित पत्राचार गरेको भए पनि आफुहरुको माग पुरा नहुुन्जेल सम्म यसवारेमा सोच्न समेत नसकिने बताएको स्थानिय संचारमाध्यमहरुले उल्लेख गरेका छन ।

तमलोपा अध्यक्ष ठाकुरले मधेशी मोर्चाको मागहरु नयां गठवन्धनले पुरा गरे पश्चात मात्रै प्रचण्ड र देउवाले लेखेको पत्रवारेमा आफुहरु ठोस धारणा बनाउन सकिने बताएका थिए । पहिला हाम्रो मागहरुको वारेमा नयां गठवन्धनको धारणा आउनु पर्यो, ठाकुरको भनाई उदृत गर्दै स्थानिय संचारमाध्यमहरु भन्छन, त्यस पछि मात्रै हामी सरकारमा सहभागीताको वारेमा आफनो धारणा सार्वजनिक गर्ने छौ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नयां सता गठवन्धनले संसदले पेश गरेको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको आन्दोलनरत पक्षहरुले नयां सरकारमा आफुहरुको माग पुरा नहुन्जेल सम्म सहभागी नहुने निर्णय गएको वुधवार गरेको थियो ।
 
यता मधेशी मोर्चा सहितको संघिय गठवन्धनको आइतवार देखि सुरु भएको बैठकमा समेत नयां सविद्यान संशोधन गरेर आन्दोलनरत पक्षहरुको मुद्धा सम्बोधन नहुन्जेल सम्म सरकारमा सहभागी नहुने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन । काठमाडौको टुडिखेलमा हालै समपन्न रिले अनसन पश्चात बसेको गठवन्धन बैठकले आन्दोलनको समिकक्षा गर्दै अगामी रणनितीहरुको वारेमा समेत छलफल थालेको बैठकमा सहभागी तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । बैठक पुन भोली बस्दै छ । आइतवार देखि सुरु भएको संघिय गठवन्धनको बैठकमा वर्तमान प्रधानमन्त्री ओलीलाई हटाउन सहयोग तथा सर्मथन गर्ने तथा नया सरकार गठन वा त्यसमा सहभागीको वारेमा मुद्धाहरुको सम्बोधन संग जोडेर मात्रै निष्कर्ष निकाल्न सकिने निष्कर्ष रहेको नेताहरुको भनाई छ । यसको साथै आन्दोलनरत गठवन्धन आन्दोलनकारीहरुले भन्दै आएको राज्य पुर्नसंरचना समितीको प्रादेशिक संरचना अनुसार नेतृत्व गर्ने दिने वारेमा समेत कुराकानी उठेको थियो । गठवन्धनको बैठक केहि दिन चल्न सक्ने नेताहरुले बताएका छन । 

No comments:

Post a Comment