
अनशन सुरु भए देखि नै विभिन्न पक्षहरुमा वाट गठवन्धनको आन्दोलन प्रति एक्यवद्धता जनाउने क्रम सुरु भएको थियो । त्यही स्वरुप आज अनशनको समापन दिनमा समेत नया गठवन्धनका एक प्रमुख नेता माओवादी अध्यक्ष प्रचण्डले आन्दोलन प्रति एक्यवद्धता जनाएका थिए । यस अघि नयां शक्तिका प्रमुख बाबुराम भटराई सहित नेपाली काग्रेसका शिर्ष नेताहरु अनशन स्थल पुगेर आन्दोलन प्रति एक्यवद्धता व्यक्त गरेका थिए ।
गएको बैशाख पहिलो हप्ता देखि मधेशी मोर्चामा सम्मलीत मधेशी पार्टीहरु सहित जनजाती तथा आदीवासीहरुको संयुक्त गठवन्धनको रुपमा संघिय गठवन्धनको व्यानरमा काठमाडौ केन्द्रित आन्दोलन थालिएको थियो । काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदरवार, वालुवाटार घेराउ सहित उपत्यकाका विभिन्न स्थानमा कोणसभाहरुको आयोजना गरिएको थियो । त्यस पछि गएको २५ जेठ यता काठमाडौको खुल्लामन्चमा अनशनको कार्यक्रम राखिएको थियो ।
संघिय गठवन्धन भित्रै पनि मधेशी मोर्चाको व्यानर आझेलमा परेको भन्दै आन्तरिक मनमुटाव सुरु देखि नै देखिन्छ । जुन अनशन कार्यक्रममा समेत देखियो । काठमाडौ क्ेन्द्रित आन्दोलन सुरु हुने पुर्व सन्धयमा गठवन्धनको संयोजकको रुपमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मनोनित भए पछि गठवन्धन भित्र विवाद सुरु भएको थियो । उक्त निर्णयको विरुद्धमा तमलोपा र सदभावनाले खुल्ला रुपमै आवाज उठाउदै आएका छन ।
आन्तरिक मनमुटावको समेत चपेटामा रहेको यो संघिय गठवन्धन अव अगामी रणनिती कस्तो बनाउलान वा अगाडी कसरी वढने छ त्यो थप रोचक हुने लगभग निश्चित देखिन्छ ।
No comments:
Post a Comment