Wednesday, July 13, 2016

काग्रेस-माओवादी गठवन्धनलाई आन्दोलनरत मोर्चाले सघाउने ।


प्रधानमन्त्री  केपी शर्मा ओलीको विरुद्धमा काग्रेस-माओवादीको नयां गठवन्धनले अघि सारेको अविश्वास प्रस्तावलाई आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले समर्थन गर्ने जनाएको छ ।  मंगलवार वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी ओली सरकारवाट फिर्ता भए पश्चात नयां सरकारको माहौल बनेको छ । वुधवार काग्रेस र माओवादीको नयां गठवन्धनले ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराए पश्चात संसदीय गणितको लेखाजोखा भइरहदा आन्दोलनरत पक्षहरुको निर्णयले नयां गठवन्धनलाई थप मजवुत बनाउने देखिन्छ । यद्यपी आन्दोलनरत पक्षहरुले ओली सरकारलाई खसाल्न र नयां सरकार बनाउन सहयोग गरे पनि आन्दोलनरत मोर्चाको ११ बुदे माग पुरा नहुन्जेल आफुहरु सरकारमा सहभागी नहुने समेत स्पष्ट पारेका छन ।


तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीका अनुसार ओली सरकारलाई खसाउन मोर्चाले गर्ने समर्थनलाई सरकारमा सहभागी संग नजोडने आग्रह गरे । त्रिपाठीका अनुसार आन्दोलनरत पक्षहरुको मागलाई सम्बोधन हुने वातावरण नबने सम्म प्रमुख सवै दलहरु एकै समानको हुुने छन । यद्यपी वर्तमान सरकार आन्दोलनरत पक्षहरु प्रति पुर्ण रुपमा कठोरताका साथ प्रस्तुत भएका कारण यसलाई खसाउन मोर्चाले समर्थन र सहयोग गर्ने निष्कर्ष निकालेको त्रिपाठीको भनाई छ ।
 
सदभावना सहअध्यक्ष तथा ससदीय दलका नेता लक्ष्मण लाल कर्णका अनुसार वुधवार बसेको मधेशी मोर्चा सहितको आन्दोलनरत संघिय गठवन्धनको वैठकले समेत ओली सरकारको विरुद्धमा दर्ता भएको अविश्वास प्रस्तावलाई समर्थन गर्ने मात्रै निष्कर्ष निकालेको छ ।
 
कर्ण भन्छन, पछिल्लो परिस्थितीको वारेमा आन्दोलनरत घटकहरु विच आन्दतरिक परामर्श समेत सुुरु भएको छ । कर्णका अनुसार चाडै बस्ने आन्दोलनरत पक्षहरुको बैठकले पछिल्लो परिस्थितीको वारेमा ठोस धारणा बनाउने छन ।
 
कतिपय भित्रियाहरुले काग्रेस एमाओवादीको नयां गठवन्धालाई आन्दोलनरत पक्षहरुले खुलेर सघाउने र सरकारमा सहभागी हुन सक्ने वातावरण समेत बन्न सक्ने आकंलनहरु गरिरहेको देखिन्छ । यद्यपी मधेशी पार्टीहरु सम्बद्ध स्रोतका अनुसार अहिले नै त्यसतो भन्न सकिने आधार छैन ।
 
सदभावना नेता कर्ण भन्छन, मेरो विचारमा पहिलो चरणमा अव ओलीको वहिर्गमण हुने छ र त्यस पछि काग्रेस माओवादी गठवन्धनको नयां सरकार बन्ने छ । कर्ण भन्छन, त्यस पछि मात्रै मधेशी मोर्चाको माग वारेमा कुराकानी अगाडी वढने सम्भावना छ र त्यही सम्भावनाले आन्दोलनरत पक्षहरुको सत्ता यात्राको वारेमा टुगो लगाउने छ ।
 
कर्णको भनाई संगै मिल्दो जुल्दो वुझाई तमलोपा नेता त्रिपाठीको पनि छ । उनी भन्छन, अहिले नै आन्दोलनरत पक्षको वारेमा कुनै ठोस निष्कर्ष निकाल्नु गलत हुने छ । त्रिपाठी भन्छन, मधेशी जनजातीहरुको मुद्धालाई एमाले संगै काग्रेस माओवादी पनि मिलेर समाप्त पारेका छन । त्यही भएर नयां वातावरणमा उनी हरु कसरी संवादका लागी अगाडी आउछ, त्यसले नै धेरै कुराको निर्धारण हुने छ ।

No comments:

Post a Comment