Thursday, July 21, 2016

भोली काग्रेस-माओवादी गठवन्धन र मधेशी मोर्चा विच औपचारिक बैठक हुने ।

नयां सता गठवन्धनका हर्ताकर्ता नेपाली काग्रेस र माओवादीले भोली शुक्रवार आन्दोलनरत मधेशी पार्टीहरु संग औपचारिक बैठक गर्दै छन । ओली विरुद्धको अविश्वास प्रस्तावमा नया गठवन्धनको पक्षमा मत खसाले पनि नयां बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको आन्दोलनरत पक्षहरुले नयां गठवन्धन संग आन्दोलनकारीहरुको मुद्धाहरु प्रति ठोस धारणा माग्ने तयारी गरेको नेताहरुले बताएका छन । भोली शुक्रवार विहान साढे ९ वजे काग्रेस संसदीय दलको कार्यलयमा नयां गठवन्धन संग बैठक हुने लागेको सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले दलानलाई बताए । उहाहरुको हाम्रो प्रति धारणा के छ, त्यो उहाहरुले लै जानुन तर हामी आफनो धारणा प्रति स्पष्ट छौ, कर्णले भने, हामीले ओलीको विरुद्धमा मतदान गर्छौ तर हाम्रो मागहरु पुरा नभए सम्म नयां सरकार बन्ने प्रक्रियामा सहभागी हुने छैनौ । कर्णका अनुसार काग्रेस माओवादी गठवन्धन संग हुने बैठकमा मधेशी मोर्चाले नयां गठवन्धनको धारणा माग्ने र यदी उनीहरु आन्दोलनको मुद्धाहरुको वारेमा ठोस रुपमा लिखित प्रतिवद्धताका साथ अगाडी आए मधेशी पार्टीहरु त्यस पश्चात नयां ढंगले सोच्ने छन ।


एमाले संगको गठवन्धन तोडेर काग्रेस संग नयां सत्ता गठवन्धन बनाए संगै आन्दोलनरत पक्षहरुले वर्तमान प्रधानमन्त्री ओलीलाई हटाउन आफुहरुले निशर्त सहयोग गर्ने बताइरहेका छन । त्यही क्रममा आन्दोलनत मोर्चाले संसदमा पेश गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय समेत गरिसकेको छ ।
 
केहि दिन अघि मात्रै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले नयां गठवन्धनका दुई प्रमुख नेताहरु प्रचण्ड र देउवाले मोर्चालाई सरकारमा सहभागी हुनका लागी लिखित पत्राचार गरेको बताएका थिए । यद्यपी ठाकुरले नयां गठवन्धनले आफुहरुको मुद्धाहरुको वारेमा कस्तो धारणा ल्याउछन, आफुहरु त्यसकै आधारमा उक्त पत्रको वारेमा सोच्ने ठाकुरको कथन थियो ।
 
मोर्चा सम्बद्ध नेताहरुका अनुसार काग्रेस माओवादी नयां सता गठवन्धन संग मोर्चाको भोली देखि हुन लागेको औपचारिक वार्ताले केहि दिन भित्रै दुई पक्षहरु विच लिखित सहमतीको सम्भावना समेत छन । स्रोत भन्छन, नयां सता गठवन्धन र मोर्चा विच लिखित सहमती भए आन्दोलनरत पक्षहरु नयां बन्ने सरकारको प्रक्रियामा समेत त्यस पश्चात सामेल हुन सक्छ ।

No comments:

Post a Comment