Thursday, July 14, 2016

काग्रेस-माओवादी गठवन्धन र आन्दोलनरत मोर्चा विच औपचारिक बैठक गर्ने तयारी ।

नयां सरकार गठनका लागी निर्माण भएको काग्रेस र माओवादीको नया गठवन्धनले आन्दोलनरत मधेशी मोर्चा सहितको गठवन्धन संग औपचारिक बैठक गर्ने तयारी गरिरहेको जनाएको छ । काग्रेस र माओवादी विच निर्माण भएको नयां गठवन्धनले आफनो ७ वुदेको पहिलो वुदामै मधेश आन्दोलनलाई सम्बोधन गर्न संविद्यान संशोधन गर्ने उल्लेख गरे पछि मधेशी पार्टीहरुले त्यसलाई साकारात्मक रुपमा लिएका थिए । यद्यपी आन्दोलनरत मधेशी मोर्चाले आफुहरुको मुद्धाको सम्बोधन हुने ठोस आधार नआए सम्म सत्तामा जाने वारेमा कुनै छलफल नगर्ने जनाएका थिए । हिजो वुधवार बसेको आन्दोलनरत घटकहरुको बैठकले वर्तमान प्रधानमन्त्री केपी ओली विरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको थियो ।


ओली सरकारको विरुद्धमा निर्माण भएको नयां गठवन्धनलाई साकारात्मक रुपमा लिएको मधेशी मोर्चाका नेताहरु भने काग्रेस र माओवादी संग अनौपचारिक संवादमा छदै थियो, एक शिर्ष नेता भन्छन, सम्भवतह तह एक दुई दिन भित्रै नयां सता गठवन्धन र आन्दोलनरत मोर्चा विच औपचारिक छलफल हुने छन ।
 
गएको बैशाख अन्तिम हप्तामा पनि माओवादी र काग्रेस मिलेर सरकार परिर्वतन गर्ने पहल गरे संगै नेपाली काग्रेसका शिर्ष नेताहरु मधेशी मोर्चा संग औपचारिक छलफल गरेका थिए ।
 
मधेशी मोर्चा सम्बद्ध स्रोतका अनुसार नयां काग्रेस माओवादी गठवन्धन संग हुने मोर्चाको छलफलका लागी मोर्चा भित्र पनि अनौपचारिक रुपमा गृहकार्यहरु थालिएको छ ।
 
एक नेताका अनुसार गएको माघ पहिलो हप्ता सरकार र मोर्चाको वार्ता टोलीले बनाएको सहमतीय दस्तावेजलाई नै आधार बनाएर नयां गठवन्धन र आन्दोलनरत पक्ष विच सहमती गर्ने तयारी भईरहेको छ । माघको पहिलो हप्ता सरकार र मोर्चाको वार्ता टोलीले सहमती खाका बनाएको थियो । जुन प्रधानमन्त्रीले अस्विकार गरे पश्चात वार्ता प्रक्रिया नै भंग भएको थियो । काग्रेस नेताहरु महेश अचार्य, आनन्द प्रसाद ढुगाना, माओवादी नेता कृष्ण बहादुर महरा र मोर्चाको तर्फवाट हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण सहितका नेताहरुले उक्त खाका बनाएका थिए । एमाले वाट उक्त प्रक्रियामा भिम रावल सहभागी भएका थिए ।
 
सम्बद्ध स्रोतका अनुसार नयां सरकार निर्माण भए लगतै सहमती गर्ने उदेश्यका साथ केहि दिन भित्रै नयां गठवन्धन र मोर्चाले औपचारिक रुपमा गृहकार्य थालिने तयारीका साथ विभिन्न तहका अनौपचारिक छलफलहरु गरिरहेको छ ।

No comments:

Post a Comment