Sunday, July 24, 2016

ओलीको राजिनामा पछि मधेशी पार्टीहरु के गर्छन ?

संसदमा पेश गरिएको ओली विरुद्धको अविश्वास प्रस्तावमा निर्शत सर्मथन गर्ने निर्णय गरेका मधेशी पार्टीहरु उनको राजिनामा पश्चात के गर्लान ? पछिल्लो समयमा काग्रेस माओवादीको नयां सत्ता गठवन्धन प्रति अली साहुनभुति व्यक्त गर्दै आइरहेका आन्दोलनरत मधेशी पार्टीहरुको अवको रणनिती के हुनेछ ? यावत प्रश्नहरु मधेशी वृत देखि केन्द्रिय राजनितीको सरोकार संग जोडिएको छ । प्रधानमन्त्री ओली राजिनामा नदिएको अवस्थामा नयां सत्ता गठवन्धनले संसदमा दर्ता गराएको अविश्वास प्रस्तावलाई आन्दोलनरत पक्षहरुले निशर्त सर्मथन गर्ने निर्णय आफैले गरेका थिए । तत पश्चात विकसित राजनितीक घटनाक्रममा आन्दोलनरत पक्षहरु र काग्रेस माओवादी संग अनौपचारिक तथा औपचारिक तहमा संवाद वाक्लिएको देखियो ।

Friday, July 22, 2016

काग्रेस माओवादी गठवन्धन र मधेशी मोर्चा बिच औपचारिक बैठक सुरु ।

काग्रेस माओवादीको नयां सता गठवन्धन र आन्दोलनरत मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरु विच पछिल्लो राजनितीक घटना क्रमको वारेमा छलफल सुरु भएको छ । शुक्रवार विहान काग्रेस संसदीय दलमा भएको यी दुई घटकहरुको वैठकले संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित गरे लगत्तै आन्दोलनरत पक्षहरुको मुद्धाको वारेमा छलफल गर्ने निष्कर्ष निकालेका छन । आन्दोलनरत मधेशी पार्टीहरुले ओली विरुद्धको अविश्वासको प्रस्तावमा निशर्त समर्थन गरे पनि नयां सरकार गठनको प्रक्रियामा सामेल नहुने निर्णय गरेका थिए । मधेशी पार्टीहरुले आफुहरुको मुद्धा सम्बोधन गर्ने ठोस आधार काग्रेस माओवादीले ल्याए मात्रै नयां सरकारको गठनको प्रक्रियामा सामेल हुने वारेमा सोच्ने बताएका थिए ।

Thursday, July 21, 2016

भोली काग्रेस-माओवादी गठवन्धन र मधेशी मोर्चा विच औपचारिक बैठक हुने ।

नयां सता गठवन्धनका हर्ताकर्ता नेपाली काग्रेस र माओवादीले भोली शुक्रवार आन्दोलनरत मधेशी पार्टीहरु संग औपचारिक बैठक गर्दै छन । ओली विरुद्धको अविश्वास प्रस्तावमा नया गठवन्धनको पक्षमा मत खसाले पनि नयां बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको आन्दोलनरत पक्षहरुले नयां गठवन्धन संग आन्दोलनकारीहरुको मुद्धाहरु प्रति ठोस धारणा माग्ने तयारी गरेको नेताहरुले बताएका छन । भोली शुक्रवार विहान साढे ९ वजे काग्रेस संसदीय दलको कार्यलयमा नयां गठवन्धन संग बैठक हुने लागेको सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले दलानलाई बताए । उहाहरुको हाम्रो प्रति धारणा के छ, त्यो उहाहरुले लै जानुन तर हामी आफनो धारणा प्रति स्पष्ट छौ, कर्णले भने, हामीले ओलीको विरुद्धमा मतदान गर्छौ तर हाम्रो मागहरु पुरा नभए सम्म नयां सरकार बन्ने प्रक्रियामा सहभागी हुने छैनौ । कर्णका अनुसार काग्रेस माओवादी गठवन्धन संग हुने बैठकमा मधेशी मोर्चाले नयां गठवन्धनको धारणा माग्ने र यदी उनीहरु आन्दोलनको मुद्धाहरुको वारेमा ठोस रुपमा लिखित प्रतिवद्धताका साथ अगाडी आए मधेशी पार्टीहरु त्यस पश्चात नयां ढंगले सोच्ने छन ।

Wednesday, July 20, 2016

संघिय गठवन्धनद्धारा काठमाडौमा अन्तक्रिया ।

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले वुधवार काठमाडौमा बृहत अन्तक्रिया कार्यक्रमको आयोजना गरेका छन । वर्तमान राजनितीक परिस्थती तथा निकास विषयक बृहत अन्तक्रिया भनिएको कार्यक्रमलाई आन्दोलनरत गठवन्धनका नेताहरुका साथै नागरिक अगुवाहरुले सम्बोधन गरेका थिए । दुइ दिन अगाडी मात्रै गठवन्धनको बैठकले काठमाडौवाट सुरु गरेर यस्ता बृहत अन्तक्रिया कार्यक्रमहरु तराई मधेशका पुर्व देखि पश्चिम सम्मका राजमार्ग क्षेत्रहरुमा १० ओटा ठाउमा गर्ने निर्णय गरेको थियो । गठवन्धनले आज काठमाडौ वाट सुरु गरेको यस्तो अन्तक्रिया कार्यक्रमहरु अव कैलालीको धनगढी, दागको घोराही, रुपन्देहीको वुटवल, मकवानपुरको हेटौडा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको वर्दीवास, सुनसरीको इटहरी हुदै मोरडको विराटनगरमा गएर समपन्न हुनेछ ।

Tuesday, July 19, 2016

एम्नेष्टी रिपोर्ट - टीकापुर घटनापछि थारु समुदायमाथि ब्यापक ज्यादती


एम्नेष्टी इन्टरनेशनले कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ । कैलाली सदरमुकाम धनगढीस्थित जेलमा रहेकाहरुलाई भेटेपछि एम्नेष्टीले यो रिपोर्ट सार्वजनिक गरेको हो । जहाँ टीकापुर घटनापछि हत्या, हत्या प्रयास र चोरीको आरोपमा पक्राउ परेकाहरुलाई राखिएको छ । गत भदौ  ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा  आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

Monday, July 18, 2016

राजमार्ग केन्द्रित बृहत अन्तक्रिया गर्ने संघिय गठवन्धनको निर्णय ।

मधेशी मोर्चा सहितको संघिय गठवन्धनले पुर्वी तराई मधेश देखि पश्चिम तराई मधेशको राजमार्ग क्षेत्रहरुमा पर्ने विभिन्न ठाउहरुमा वृहत अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय सोमवार सार्वजनिक गरेका छन । हिजो आइतवार देखि सुरु भएको आन्दोलनरत गठवन्धनको बैठकले सोमवार गरेको निर्णय अनुसार काठमाडौ वाट सुरु हुने गठवन्धनको वृहत अन्र्तक्रिया तराई मधेश मधेशका पहाडी बस्ती वाहुल्य राजमार्ग क्षेत्रहरुमा केन्द्रित रहने छन । आउदो ५ गते काठमाडौमा अन्र्तक्रिया कार्यक्रमको शुभारम्भ गरेर गठवन्धनले पश्चिमको धनगढी, घोराही, वुटवल, हेटौडा, चन्द्रनिगाहपुर, वर्दीवास, इटहरी, विर्तामोड र विराटनगरमा आन्दोलनको वारेमा बृहत अन्र्तक्रिया कार्यक्रम गर्ने जनाएको छ । सोमवारको गठवन्धनको बैठक पश्चात प्रवक्ता ओम गुरुडद्धारा जारी गरिएको विज्ञप्तिमा उक्त निर्णय उल्लेख गरिएको छ । नयां सविद्यानको विरुद्धमा मधेशमा आन्दोलन उठदा आन्दोलनरत मधेशी मोर्चाले राजमार्ग क्षेत्रमा विरोधसभा र धर्ना कार्यक्रम गर्दा दाहोरो तानवको वातावरण उत्पन्न भए पछि मधेशी मोर्चाले राजमार्ग केन्द्रित आन्दोलनवाट पछि हटेको थियो ।

Sunday, July 17, 2016

देउवा र प्रचण्डद्धारा मधेशी मोर्चालाई सरकारमा सहभागी हुन लिखित पत्राचार गरेको तमलोपा अध्यक्ष ठाकुरको भनाई ।

गएको शुक्रवार विरगंजमा आयोजित कार्यक्रममा तमलोपा अध्यक्ष ठाकुर
नयां सरकार गठनका लागी हालै निर्माण भएको काग्रेस/माओवादी गठवन्धनले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई नया गठन हुने सरकारमा सहभागी हुनका लागी लिखित पत्राचार गरेको छ । मधेशी मोर्चाका एक प्रमुख घटक तथा आन्दोलनरत पक्षका एक शिर्ष नेता तमलोपा अध्यक्ष महन्थ ठाकुरले नयां गठवन्धनका दुई प्रमुख नेता माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेरबहादुर देउवालले सरकारमा सहभागी हुनका लागी लिखित पत्राचार गरेको बताएका छन । शुक्रवार विरगंजमा तमलोपा निकट एक संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले यस्तो बताएको विरगंज स्थित स्थानिय केहि संचारमाध्यमहरुले उल्लेख गरेका छन । ठाकुरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र देउवाले आन्दोलनरत मोर्चालाई सरकारमा सहभागी हुन लिखित पत्राचार गरेको भए पनि आफुहरुको माग पुरा नहुुन्जेल सम्म यसवारेमा सोच्न समेत नसकिने बताएको स्थानिय संचारमाध्यमहरुले उल्लेख गरेका छन ।

Friday, July 15, 2016

खुल्लामन्चमा आन्दोलनरत गठवन्धनको अनशन सकियो ।

२५ जेठ यता काठमाडौको खुल्लामन्चमा दैनिक अनशन गर्दै आइरहेको आन्दोलनरत संघिय गठवन्धनको अनसन कार्यक्रम आज देखि सकिएको छ । गठवन्धनले १ जेठ देखि सुरु गरेको काठमाडौ केन्द्रित आन्दोलनको विभिन्न स्वरुप अन्र्तगत गएको २५ जेठ देखि असार मसान्त सम्म काठमाडौको विचमा पर्ने खुल्लामन्चमा अनशन बस्ने निर्णय गरेको थियो । गठवन्धनको त्यही निर्णय मुताविक २५ जेठ यता हरेक दिन विहान ७ वजे देखि वेलुकि ७ वजे सम्म गठवन्धनमा आबद्ध नेताहरु अनशन बस्दै आएका थिए ।

Thursday, July 14, 2016

काग्रेस-माओवादी गठवन्धन र आन्दोलनरत मोर्चा विच औपचारिक बैठक गर्ने तयारी ।

नयां सरकार गठनका लागी निर्माण भएको काग्रेस र माओवादीको नया गठवन्धनले आन्दोलनरत मधेशी मोर्चा सहितको गठवन्धन संग औपचारिक बैठक गर्ने तयारी गरिरहेको जनाएको छ । काग्रेस र माओवादी विच निर्माण भएको नयां गठवन्धनले आफनो ७ वुदेको पहिलो वुदामै मधेश आन्दोलनलाई सम्बोधन गर्न संविद्यान संशोधन गर्ने उल्लेख गरे पछि मधेशी पार्टीहरुले त्यसलाई साकारात्मक रुपमा लिएका थिए । यद्यपी आन्दोलनरत मधेशी मोर्चाले आफुहरुको मुद्धाको सम्बोधन हुने ठोस आधार नआए सम्म सत्तामा जाने वारेमा कुनै छलफल नगर्ने जनाएका थिए । हिजो वुधवार बसेको आन्दोलनरत घटकहरुको बैठकले वर्तमान प्रधानमन्त्री केपी ओली विरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

Wednesday, July 13, 2016

काग्रेस-माओवादी गठवन्धनलाई आन्दोलनरत मोर्चाले सघाउने ।


प्रधानमन्त्री  केपी शर्मा ओलीको विरुद्धमा काग्रेस-माओवादीको नयां गठवन्धनले अघि सारेको अविश्वास प्रस्तावलाई आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले समर्थन गर्ने जनाएको छ ।  मंगलवार वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी ओली सरकारवाट फिर्ता भए पश्चात नयां सरकारको माहौल बनेको छ । वुधवार काग्रेस र माओवादीको नयां गठवन्धनले ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराए पश्चात संसदीय गणितको लेखाजोखा भइरहदा आन्दोलनरत पक्षहरुको निर्णयले नयां गठवन्धनलाई थप मजवुत बनाउने देखिन्छ । यद्यपी आन्दोलनरत पक्षहरुले ओली सरकारलाई खसाल्न र नयां सरकार बनाउन सहयोग गरे पनि आन्दोलनरत मोर्चाको ११ बुदे माग पुरा नहुन्जेल आफुहरु सरकारमा सहभागी नहुने समेत स्पष्ट पारेका छन ।