Friday, June 17, 2016

उपेन्द्र यादव अष्ट्रेलिया तिर ।

आन्दोलनरत दलहरु मध्येका एक प्रमुख घटक संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रवार अष्ट्रेलिया गएका छन । भातृ संगठनको एउटा कार्यक्रममा भाग लिन भन्दै यादव उता तर्फ शुक्रवार दिउसो उडेका थिए । यस अघि यही हप्ता अर्का आन्दोलनरत पार्टी सदभावना अध्यक्ष राजेन्द्र महतो थाइलैण्ड पुगेर फर्केका थिए । महतो थाइलैण्ड जानु भन्दा अघि तमलोपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली गएका थिए । पार्टीको महाधिवेशनको निम्तो र स्वास्थय उपचारको नियमित कामको लागी चार दिनका लागी दिल्ली गएका ठाकुर झण्डै १० दिन त्याहा बसेका थिए । जाहा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संगै एउटा महत्वपुर्ण कार्यक्रममा प्रमुख अतिथी समेत भएका थिए ।
 
आन्दोलनरत मधेशी पार्टीहरु गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेका छन । १ जेठमा काठमाडौ केन्द्रित आन्दोलन सुरु हुदा तमलोपाका अध्यक्ष ठाकुर दिल्ली मै थिए । उनी फर्केको दुई हप्ता पश्चात सदभावना पार्टीका अध्यक्ष महतो विना कुनै कारण देखाउदै समान्य रुपमा स्वास्थय उपचार गराउनु छ भन्दै थाइलैण्ड गएका थिए । उनी त्याहा झण्डै १० दिन बसेर यही हप्ताको सुरुमा फर्केका छन ।


उनी फर्केको एक हप्ता नबित्दै फोरम नेपालका अध्यक्ष यादव शुक्रवार अष्ट्रेलिया तर्फ गएका हुन ।
 
एक पछि अर्को गर्दै धमाधम विदेश उडीरहेका यी नेताहरु गत बर्ष संविद्यान जारी हुने पुर्व सन्धया देखि आन्दोलनमा छन । आफुहरुको माग प्रमुख दलहरुले पुरा नगरेको भन्दै पुन कडा आन्दोलनको चेतावनी दिदै आएका आन्दोलनकारीहरु अहिले काठमाडौको खुल्लामन्चमा अनसन गरिरहेका छन ।

No comments:

Post a Comment