Thursday, June 16, 2016

मधेशी मोर्चाद्धारा प्रधानमन्त्रीलाई वार्ता पत्रको जवाफ ।

वार्ताको वातावरण बनाउ र संघिय गठवन्धनलाई पनि वार्तामा बोलाउ । 

वार्ताका लागी प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पत्रको जवाफ दिदै मधेशी मोर्चाले विगतमा मधेश आन्दोलनको क्रममा भएको ८ बुदे र २२ बुदे सम्झौता कार्यन्वयनको प्रतिवद्धता माग्दै वार्ताको बतावरण बनाउन भनेको छ । मोर्चाको विहिवार बसेको बैठकले पछिल्लो समयमा भएको आन्दोलनको क्रममा धाइेहरुको उपचार खर्च, नेताहरु माथी लगाइएको मुद्धा फिर्ता लगायतका कामहरु पहिला हुनु पर्ने सर्त समेत अघि सारेका छन । विहिवार दिउसो बसेको मोर्चाको बैठक यसको साथै पछिल्लो समयमा मधेशी मोर्चामा आबद्ध दलहरुको सम्मलीतमा गठन भएको संघिय गठवन्धनलाई समेत वार्ता पत्र लेख्न सरकारलाई भनेको छ ।


मधेशी मोर्चाको बैठकले प्रधानमन्त्रीलाइ लेखेको जवाफमा सात ओटा बुदाहरु उल्लेख गर्दै ती कामहरु गरेर वार्ताको वातावरण बनाउन पहिला सरकारी पक्षलाई भनेको छ । मधेशी मोर्चा सुरु देखि नै वार्ताको विपक्षमा छैन, बैठकमा सहभागी सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, हामीले वार्ताका लागी पहिला वातावरण बनाउन भनेका छौ ।
 
सदभावना नेता कर्णका अनुसार मधेशी मोर्चाले आज प्रधानमन्त्रीलाई लेखेको पत्र अनुसार सरकारी पक्षले वातावरण बनाए मधेशी मोर्चा वार्तामा जाने छन ।
 
पछिल्लो समयमा मधेशी मोर्चालाई प्रधानमन्त्रले वार्ता पत्र लेखे पछि संघिय गठवन्धनलाई समेत पत्र आउनु पर्ने भन्दै फोरम नेपालले खासगरी आपति जनाउदै आएका थिए । विहिवार मधेशी मोर्चाको बैठक बस्नु पुर्व संघिय गठवन्धनको समेत बैठक बसेको थियो गठवन्धनको बैठकले सरकारले पत्राचार गरे आफुहरु पनि वार्तामा जाने निर्णय गरेको थियो । गठवन्धनको बैठक लगतै बसेको मोर्चाको बैठकले गठवन्धनलाई समेत वार्ता बोलाउने आशय सहितको पत्र प्रधानमन्त्रीलाई लेखेका छन ।
 
पछिल्लो समयमा गठवन्धन र मोर्चा विच एक खालको टकरावको वातावरण आन्तरिक रुपमा देखिएको थियो । त्यही भएर होला विहिवार बसेको गठवन्धन बैठक सदभावना अध्यक्ष राजेन्द्र महतो सहभागी भएन । उनी मोर्चाको बैठकमा पछि गएका थिए । तमलोपाका अध्यक्ष महन्थ ठाकुर विहिवार भैरहवा गएका कारण उनी कुनै पनि बैठकमा सहभागीता जनाएन ।  तमलोपाको तर्फवाट उपाध्यक्ष वृषेशचन्द्र लाल दुवै बैठकमा सहभागीता जनाएका थिए ।

No comments:

Post a Comment