Tuesday, June 14, 2016

गठवन्धनको अनसन प्रति काग्रेस नेताहरुको समर्थन ।

अनसन स्थलमा सम्बोधन गर्दै काग्रेस नेता अमरेश सिंह
आन्दोलनरत मधेशी पार्टीहरु सहितको संघिय गठवन्धनले काठमाडौको खुल्लामन्चमा गरीरहेको रिले अनसन प्रति नेपाली काग्रेसका महामन्त्री सहितको नेताहरुले समर्थन जनाएका छन । गएको २५ जेठ देखि खुल्लामन्चमा गठवन्धनले अनसन गरिरहेका छन । मंगलवार अनसन स्थल पुगेर काग्रेस महामन्त्री शेखर कोइरालाको नेतृत्वको टोलीले जारी आन्दोलन प्रति एक्यवद्धा जनाएका थिए । कोइराला नेतृत्वको टोलीमा काग्रेस नेताहरु आनन्द प्रसाद ढुगांना, अमरेश नारायण सिंह सहितका आधा दर्जन नेताहरु थिए ।

यस अघि हिजो सोमवार गठवन्धनको अनसन प्रति माओवादी नेता मोहन वैद्यले समेत सर्मथन जनाएका थिए । नयां संविद्यान प्रति असन्तुष्ट राख्दै आएका मधेशी जनजातीहरुले संयुक्त गठवन्धन बनाएर गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेका छन ।

गठवन्धनको अनसन प्रति यस अघि चर्चीत कुटतिज्ञ तथा पुर्वपरराष्टमन्त्री रमेशनाथ पाण्डे, पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल सहितकाहरुले समेत समर्थन जनाएका थिए । नयां शक्ति अभियानका संयोजक बाबुराम भटराईले समेत अनसन प्रति समर्थन जनाएका थिए ।
 
आन्दोलनरत गठवन्धनले नयां संविद्यानको कयौन प्रावद्यानहरु पुर्नलेखन नगरे सम्म अफुहरुको आन्दोलन जारी रहने बताउदै आएका छन । हाल टुडिखेलमा जारी रिले अनसन आउदो असार मसान्त सम्म जारी रहने गठवन्धनले जनाएको छ ।

No comments:

Post a Comment