Monday, June 13, 2016

प्रधानमन्त्रीको वार्ता-पत्र वारेमा मधेशी मोर्चाको बैठकले निर्णय लिने ।

प्रधानमन्त्रीले वार्ताका लागी पुन मधेशी मोर्चालाई लेखेको वार्तापत्रको वारेमा ठोस निर्णय मधेशी मोर्चाको बैठकले मात्रै गर्ने नेताहरुले बताएका छन । हिजो आइतवार प्रधानमन्त्री ओलीले मधेशी मोर्चालाई लेखेको वार्ता पत्र मोर्चाका घटकहरुले सोमवार प्राप्त गरेका छन । पछिल्लो समयमा मोर्चामा आबद्ध मधेशी पार्टीहरु सहितको संघिय गठवन्धन समेत आन्दोलनरत छन । यद्यपी यही महिना भित्र प्रधानमन्त्री ओली मधेशी मोर्चाको नाममा दुई पटक वार्तापत्र पठाएका छन । यस १० जेठमा पठाएको पत्रलाई मोर्चाको बैठकले प्रतिउत्तर फर्काउन सकेका थिएन । मोर्चामा आबद्ध केहि पार्टीहरु संघिय गठवन्धनको नाममा पत्र आए मात्रै वार्तामा जाने बताए पछि आन्दोलनरत पक्षहरु विचमा विभाजित मत देखिएको थियो ।


आज प्रधानमन्त्रीको पुन वार्तापत्र आएका मधेशी मोर्चाको त्यसको वारेमा मुख खोल्न चाहेका छैनन । यद्यपी नेताहरुले मधेशी मोर्चाको बैठक गरेर यस वारेमा निर्णयमा पुगिने बताए । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, आज आएको प्रधानमन्त्रीको वार्तापत्र वारेमा मधेशी मोर्चाको बैठकले नै के गर्ने वारेमा ठोस निर्णय गर्छन, अहिले नै केहि भन्न सकिन्न ।

मोर्चा सम्बद्ध स्रोतका अनुसार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भोली दिउसो थाइलैण्डवाट फर्के पछि पर्सी मोर्चाको बैठक बोलाउने सम्भावना छ । यद्यपी अहिले सम्म यो निश्चित भईसकेको छैन । मोर्चाको बैठक बोलाउने जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई यस अघि नै मोर्चाका अन्य घटकहरुले दिएका थिए । १९ जेठमा तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठक जारी नै रहेको बताएका मोर्चाका नेताहरु त्यस यता बैठक गर्न सकेका छैन । तमलोपा नेताहरु भने आफुहरु पार्टीको महाधिवेशनमा व्यस्त रहेकाले मोर्चाको बैठक हुन नसकेको बताउने गरेका छन । यद्यपी सोमवार प्रधानमन्त्रीको वार्ता पत्र आए पछि पर्सी वुधवार मोर्चाको बैठक बस्न सक्ने सम्भावना अत्यद्यिक रहेको नेताहरु बताउछन । अर्को हप्तामा तमलोपालाई महाधिवेशनको चटारो हुन सक्छ, त्यसैले भोली सदभावना अध्यक्ष महतो भोली काठमाडौ फर्किए पछि पर्सी बैठक बोलाउने वारेमा तमलोपा अध्यक्ष ठाकुर सल्लाह गरिरहेको बुझिएको छ ।

No comments:

Post a Comment