Sunday, June 12, 2016

प्रधानमन्त्रीद्धारा मधेशी मोर्चालाई पुन वार्ताका लागी पत्राचार ।

संघिय गठवन्धनको व्यानरमा आन्दोलनरत पक्षहरु धर्नामा बसीरहदा प्रधानमन्त्री केपी ओलीले वार्ताका लागी भन्दै संयुक्र लोकतान्त्रिक मधेशी मोर्चालाइ पत्राचार गरेको छ । यस अघि पनि गएको १० जेठमा प्रधानमन्त्री ओलीले मधेशी मोर्चाको नाममा पत्राचार गरे पछि आन्दोलनरत पक्षहरु विचमा मतविभाजन देखिएको थियो । र आन्दोलनकारीहरुको संयुक्त गठवन्धन संघिय गठवन्धनको बैठकले मोर्चाको नाममा नभई गठवन्धनको नाममा पत्र आए मात्रै वार्ताको लागी कुराकानी हुन सक्ने निर्णय गरेको थियो । पछि छुटै बसेको मधेशी मोर्चाको बैठकले समेत प्रधानमन्त्री ओलीको उक्त पत्रको कुनै प्रतिउत्तर गरेनन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालका अनुसार प्रधानमन्त्री ओलीले आइतवार संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा र राष्टिय मुस्लिम संघर्ष गठवन्धनलाई वार्ताका लागी पत्र लेखेका छन । दहाल भन्छन, मधेशी मोर्चा र मुस्लिम गठवन्धनले हाथमा भोली पत्र पर्ने छन ।

मधेशी मोर्चामा आबद्ध ७ ओटा मधेशी पार्टीहरु सहित अन्य आदीवासी जनजातीहरुको संयुक्त संघिय गठवन्धन पछिल्लो समयमा काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको छ । गठवन्धन भित्रै पनि मधेशी मोर्चाको केहि घटकहरु असन्तुष्ट देखिएको वेला प्रधानमन्त्री ओली मधेशी मोर्चाको नाममा दुई दुई पटक पठाएको पत्रलाई कतिपयले सरकारी पक्षको रणनितीक चालको संज्ञा समेत दिने गर्छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दहालले दलानसंग भने, प्रधानमन्त्रीज्यूले वार्ताका लागी महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो सम्मलीत मधेशी मोर्चालाई आज पत्र पठाउनु भएको छ । अव त्यस भित्र पनि कुन गठवन्धन वा के छ त्यो हामीलाई थाहा भएन, उनले भने । आइतवार मात्रै प्रधानमन्त्री ओलीले नयां शक्ति अभियानको पार्टी घोषणा सभामा बोल्दै आन्दोलनरत गठवन्धनलाइ आफुले आज वार्ताका लागी पत्राचार गरेको बताएका थिए । गठवन्धनका सचिवालय सदस्य केशव झाका अनुसार यस वारेमा गठवन्धनलाई कुनै जानकारी अहिले सम्म छैन ।  हिजो विराटनगरको एउटा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली आन्दोलनरत पक्षहरुको माग के छ, त्यो आफुलाई थाहा नभएको भन्दै संवादको टेवलमा आएर आफना कुराहरु राख्न आन्दोलनकारीहरुलाई आग्रह गरेका थिए ।

अघिल्लो वर्ष नयां संविद्यान जारी हुने प्रक्रिया सुरु भए संगै आन्दोलनरत मधेशी मोर्र्चा सरकार संग झण्डै तीन दर्जन भन्दा वढी पटक वार्तामा यस अघि बसीसकेका छन । वार्ताको क्रममा मधेशी मोर्चाले आन्दोलनको क्रममै अघि सारेको ११ बुदे आफना माग सरकारी पक्षलाई बुझाएका थिए । गएको बैशाख पहिला हप्ता देखि मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरु सहितको संघिय गठवन्धनको घोषणा हुदा त्यसले २६ बुदे आफना मागहरु अघि सारेका थिए । जुन प्रधानमन्त्रीलाई ज्ञापन पत्रको रुपमा बुझाइएको थियो ।

संघिय गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलन संगै आन्दोलनकारीहरु विचमा उत्पन्न भएको मतभेदले मधेशी मोर्चाको गतिविधी सुचारु हुन नसकिरहेको वेला प्रधानमन्त्रीले लागातार एकै महिना दोस्रो पटक मोर्चाको नाउमा पत्राचार गरेका छन । यद्यपी मधेशी मोर्चाका एक प्रमुख घटक तमलोपा आफनो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ । आउदो ६ असार देखि तमलोपाको पहिलो महाधिवेशन नवलपरासीमा हुदै छ । तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, हामीहरु अहिले महाधिवेशनमा पुरै लागेका छौ, त्यसैले अव जे हुन्छ त्यो महाधिवेशन पश्चात मात्रै ।

No comments:

Post a Comment